• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

ललिता निवास प्रकरण: विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, कहिले हुन्छ फैसला? 

64x64
नेपाल लाइभ बिहीबार, असार २१, २०८०  १९:५५
1140x725

काठमाडौं– ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा लिखित जवाफ नआउँदा अन्तिम सुनुवाइ हुन सकेको छैन।

विशेष अदालत काठमाडौंमा विचाराधीन मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पठाउनुपर्ने फाइलसम्बन्धी कागजात उपलब्ध गराउन ढिलाई गर्दा मुद्दाको फैसला ढिलो हुने देखिएको छ। २०७९ फागुन ३ गते विशेष अदालतले अन्तिम सुनुवाइका लागि केही फाइल मगाएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले २०१८,२०१९ र २०२१ सालका केही विवरणहरु मगाएको थियो।

जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट उक्त फाइलहरु पेस गर्नु भनी विशेषले आदेश गरेको थियो। गृह मन्त्रालयले असार १० गते फाइल नभेटिएको जवाफ पठायो भने जिल्ला प्रशासनले कुनै पनि जवाफ दिएको छैन। जिल्ला प्रशासनले जवाफ नदिएसम्म मुद्दा पेसीमा चढाउन नमिल्ने भएपछि विशेषले असार २६ गते साधारण तारेख तोकेको छ। उक्त मितिसम्म फाइल र विवरण कुर्ने र नआएमा पुन: आदेश गर्ने विशेषको तयारी छ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्तिम (फैसला केन्द्रित) सुनुवाइको थालनी गर्न प्रक्रिया सुरु गरेको छ। फरार अभियुक्तको हकमा सार्वजनिक सूचना जारी गर्दै अदालतले अन्तिम सुनुवाइमा निरन्तर राख्नुपर्ने माग उठेको थियो। तर विशेषले प्रक्रिया सुरु भएको र आवश्यक विवरण प्राप्त भएपछि अन्तिम सुनुवाइ गर्ने तयारी गरेको थियो।

अख्तिायरले १७५ जनालाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो। ती प्रतिवादीमध्ये ३७ जना फरारै देखिएका थिए। ती फरारहरुको हकमा सार्वजनिक सूचना जारी गर्दै मुद्दा अगाडि बढाइएको थियो।

१३८ जनाको मुद्दा प्रक्रियामा 
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ जना पूर्वमन्त्री र ३ जना पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो।

अख्तियारले दायर गरेको मुद्दा दर्ताको प्रक्रिया सकिएपछि विशेष अदालतले २०७६ माघमै प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो। अदालतको म्यादअनुसार हालसम्म १३८ जना प्रतिवादी (अभियुक्त)हरु उपस्थित भएका छन् भने १ जना मात्र पुर्पक्षको लागि थुनामा रहेका छन्। अन्य अभियुक्तहरु धरौटी र साधारण तारखेमा रिहा भएका छन्।

ललिता निवास प्रकरणका ‘हाइप्रोफाइल अभियुक्त’मध्येका एक नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार पछिल्लोपटक (२०७८ असार ३०) गते अदालतमा उपस्थित भएका थिए। अदालतले पटक–पटक म्याद तामेली गर्दासमेत ’सम्पर्कमा नआएका’ गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिन एक्कासी अदालतमा उपस्थित भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतमा उपस्थित भएर करिब ४ घण्टा बयान दिँदै गच्छदार सोही दिन १० लाख धरौटी बुझाएर रिहा भएका थिए। उनी अदालत उपस्थित हुने १३३औं प्रतिवादी थिए। गच्छदारपछि थप ५ जना हाजिर भएर अदालतबाट रिहा भएका छन्। अदालतमा उपस्थित भएकामध्ये ३ जना अभियुक्तको हकमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

तर, धेरैको हकमा भने घरौटी लिएर तारेखमा राख्ने (रिहा हुने) आदेश भयो। यसरी धरौटी माग हुने मुख्य अभियुक्तमा गच्छादारदेखि भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङसम्म थिए।

अदालतले ५४ जना अभियुक्तलाई भने अदालतले खोजेको समयमा उपस्थित हुने गरी साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो। विशेषले धरौटी नलिइ रिहा गरेका ’हाइप्रोफाइल अभियुक्त’मा  पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी पनि हुन्।  

ललिता निवास प्रकरणमा अख्तियारले ११० जनालाई अभियोग गरेको देखिएकाको रुपमा आरोपी कायम गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। ललिता निवासको मुद्दामा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु, अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेहरु अभियुक्त छन्। 

Xtrem

Xtrem

१० प्रतिवादीको मृत्यु 
१३८ जना अदालतमा उपस्थित भए पनि ललिता निवासको जग्गा हिनामिना मुद्दाका ३७ जना अभियुक्त अझै फरार छन्। फरार हुनेमा मुख्य अभियुक्त रामकुमार सुवेदीसहित हाटक शम्शेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रुपेश शम्शेर राणा, हिमान्द्री शम्शेर जबरा लगायत छन्। अदालतले उनीहरुको घरमा म्याद तामेल गरिसकेको छ। उनीहरुको घरदैलोमा नै म्याद तामेली गरिए पनि म्याद गुजारेर बसेको विशेष अदालतले जनाएको छ।

कान्छा महर्जन, मन्ती गोर्खाली, बद्रीलक्ष्मी श्रेष्ठको हकमा भने आफैंले र एकाघरका जहानले म्याद तामेली बुझे पनि उनीहरूसमेत उपस्थित भएका छैनन्। पुष्पराज उपाध्याय, अर्जुनप्रसाद भण्डारी, रुक्म शम्शेर जबरा, हर्ष महर्जन, कैलाशचन्द्र गोयल, चमेली श्रेष्ठ, देवनारायण महर्जन, प्रमोद शेरचन, प्रतिमा वैद्य प्रधान, रामनाथ घिमिरे, निर्मला देवी गोयल, देवनारायण महर्जन, तीर्थमाया महर्जन, इन्दु शर्मा, अनिता देवी कंसाकार, मचाबाबु प्रजापति, कनक हर्बल, पन्चनारायण महर्जन, लक्ष्मी ढाकाल, रजनी पनेरु, मचानानी महर्जन, रेना गुरुङको हकमा बेपत्ते तामेली टाँस गरिएको थियो। तर, उनीहरु पनि उपस्थित भएका छैनन्।

ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका १० जनाको भने मृत्यु भइसकेको छ। मुकुन्दप्रसाद आचार्य, जगतप्रसाद पुडासैनी, युक्तप्रसाद श्रेष्ठ, परशुराम पोखरेल, तुलसी पोखरेल, हेमन शम्शेर जबरा, सुनिता राणा, शैलजा राणा, मिठुदेवी चापागाईं र सुष्मा बज्राचार्यको मृत्यु भएको छ। उनीहरुको हकमा जग्गा सरकारको नाममा ल्याउनुपर्ने भएकाले अख्तियारले प्रतिवादी बनाएको थियो।

फैसलाको पेसीका लागि जवाफ कुर्दै अदालत 
अख्तियारले विशेषमा २०७६ माघ २२ गते ३ पूर्वमन्त्री र ३ पूर्वसचिवसहितलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले उनीहरुको मुद्दामा थुनछेक बहस गर्दै फरारहरुको हकमा म्याद पनि जारी गर्‍यो। अदालतको म्याद तामेल हुन नसकी फरार रहेका अभियुक्तहरुको हकमा विशेषले सार्वजनिक सूचनासमेत प्रकाशित गर्‍यो। यी प्रक्रिया पूरा गरेपछि विशेषले साक्षीहरुको वकपत्र गर्दै मुद्दासँग सम्बन्धित प्रमाणहरुको खोजी थालेको थियो।

प्रमाणको खोजीका क्रममा विशेषले २०२१ मंसिर १७ गते राजपत्रमा प्रकाशित भएको जग्गा अधिग्रहणसम्बन्धी फाइल, २०१८ चैत १९ गते सम्पत्ति जफत गर्नु भन्ने वडा हाकिम र मजिष्ट्रेडको नाममा जारी भएको पत्र पेस गर्न आदेश गरेको थियो।

त्यस्तै सुवर्ण शमशेरको सम्पत्ति तत्कालीन समयमा जफत गरिएको हो कि हैन त्यसको सक्कल फाइलसमेत पठाइदिन विशेषले आदेश गरेको थियो। विशेषले मागेको विवरणबारे गृह मन्त्रालयले मात्र जवाफ दिएकाले अर्को जवाफको पर्खाइमा अदालत रहेको छ। जिल्ला प्रशासनले जवाफ दिएपछि फैसलाको सुनुवाइ गर्ने अदालतको तयारी छ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:५५
  • #ललिता निवास प्रकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्