• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अधिकारसम्पन्न बागमती सभ्यताको २९ वर्ष पूरा, नदी किनाराका सुकुम्बासी मुख्य समस्या

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असार २०, २०८०  २२:०१
1140x725

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लागू भएको २९ वर्ष पूरा भएको छ। २०५१ साल चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिको नामबाट गठन भएको थियो।

२०५२ साल मंसिरमा अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण, सुधार, कार्यान्वयन तथा समितिको गठन हुँदै ०६४ साल जेठमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरी नाम परिमार्जन गरिएको थियो।

बागमती नदी र यसका सहायक नदीहरुको उद्गमस्थललाई सुन्दरता कायम गर्ने उद्देश्यका साथ गठन गरिएको थियो। नदी प्रणाली प्रदूषण मुक्त गराई उपत्यकामा वातावरणीय स्वच्छता, पवित्रता कायम गर्ने, नदी करिडोरहरुमा नदीको दुवैतर्फ सडक, पैदलमार्ग र हरियाली उधान निर्माण गर्नुका साथै नदी प्रणालीसँग सम्बद्ध ऐतिहासिक पूरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ गठित समितिको २९ वर्ष पुग्दासमेत काम सन्तोष जनक नभएको भन्दै आलोचना भएको छ।

०५१ देखि हालसम्म के–के काम भयो? 
समितिले हालसम्म पुँजीगततर्फ करिब १४ अर्ब खर्च गरेको छ। बागमती, नख्खु, बल्खु, हनुमन्ते, मनोहरा, कर्मनारा, महादेवखोला, मनोमत्ता, गोदावरी, गोकर्णको चन्द्रमती, सूर्यमती र विष्णुमती गरी १३ वटा नदी खोलाहरुमा निर्माणको काम गरेको समितिका सदस्य सचिव एवम् आयोजना प्रमुख रवीन्द्र बोहाराले जानकारी दिए। 

आव ०७८/०८९ मा ९१.८८ किलोमिटर नदी तटबन्ध निर्माण सम्पन्न गरेको छ। त्यसैगरी ११६.८४ इन्टरसेप्टर ढल निर्माण, ४४.२९ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण, १६.२ एमएलडी. फोहोर पानी प्रशोधन, ६१० रोपनी बागमती किनाराको जग्गा मुआब्जा, १२३ रोपनी जग्गामा कार्यालयका भवन निर्माणको काम सम्पन्न भएको समितिले जनाएको छ। यसका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा धाप ड्याम निर्माण सम्पन्न भएको छ।

यसका साथै बागमती नदी संरक्षण र सौन्दर्यीकरण कार्यका लागि काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्पन्नको क्षेत्रमा अनधिकृत ढंगले निर्माण गरिएका २७ वटा घरटहराहरु हटाइएको छ।

सुकुम्बासीका घर टहरा हटाउन मुख्य समस्या
समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले सुकुम्बासी समस्या अझै समाधान हुन नसकेको बताए। पूर्वाधार विकास समितिको बैठकमा बोल्दै तिमिल्सिनाले सुकुम्बासीका लागि अपार्टमेन्ट बनाएको भए पनि सर्न नमानेको बताए। 

मनोहरा, सिनामंगल, शंखमूल, थापाथली, गुसिंगाल, बल्खु क्षेत्रका २७ स्थानमा ३४९६ परिवार सुकुम्बासी रहेका छन्। त्यसैगरी बागमती गोकर्णदेखि सिनामंगलसम्म १८८ रोपनी र अन्य नदी र खोलामा सयौं रोपनीमा मुआब्जा दिन बाँकी रहेको समितिले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुकुम्बासीहरुलाई बस्नका लागि भनेर सरकारले चाँगुनारायणमा पाँचवटा अपार्टमेन्ट निर्माण गरिसकेको छ। २३० जना अटाउने उक्त अपार्टमेन्टमा सुकुम्बासीहरुले बस्न आनाकानी गरेका कारण समस्या भएको समितिको भनाइ छ।

लगानी अनुसारको प्रतिफल नआएको भन्दै सांसदहरुको असन्तुष्टि 
प्रतिनिधि सभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिका अधिकांश सांसदहरुले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २९ वर्षको अवधिमा आइपुग्दासमेत परिणाम आउने गरी काम नगरेको भन्दै असन्तुष्टि पोखे। 

नेपाली कांगेसका सांसद प्रदीप पौडेलले समयमै काम नहुँदा लागत बढेको, कतिपय खोल्सालाई नदीको रुपमा परिभाषित गरेको र ढलको व्यवस्थापन नहुँदासम्म बागमती सरफाइले पूर्णता नपाउने जिकिर गरे। उनले विष्णुमती करिडोरका लागि बजेट विनियोजनको लागि माग गर्दा बागमती आयोजना अन्तर्गत नपर्ने भन्दै बजेट विनियोजन गराउन नसकिएको बताए।

त्यसैगरि एमाले साांसद ठाकुर गैरेले अधिकारसम्पन्न भनिएको समितिले के कारणले काम गर्न नसकेको भन्दै प्रश्न गरे। उनले भने, ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले के कारण काम गर्न सकेन? बागमती कुरुप भइरहेको छ। १४ अर्ब रकम के काममा खर्च भयो? वातावरणीय क्षेत्र र धार्मिक क्षेत्रमा हुने राजनीति बन्द गर्नुपर्छ।’ उनले नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्ने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै जनमत पार्टीका सांसद डा चन्द्रकान्त रावतले करिब ३० वर्षसम्म पनि बागमती सफा गर्न नसकेको भन्दै व्यवस्थामाथि प्रश्न गरे। उनले भने, ‘३० वर्षसम्म पनि बागमती सफा गर्न सकेनौं।अझै कति वर्ष लाग्छ? यो व्यवस्थाकै कारण फेल भएको हो कि? फास्ट ट्रयाकको काम पनि सन्तोष जनक भइरहेको छैन। यसमा गम्भीर हुन जरुरी छ।’

रास्वपाकी सांसद निशा डांगी, माओवादी सांसद उर्मीला माझीलेसमेत आयोजनाको कामप्रति प्रश्न उठाए। राप्रपाका सांसद दीपक सिंहले पशुपतिनाथ मन्दिर क्षेत्र र बालुवाटर स्थित प्रधानमन्त्री निवास अघाडिको ढल व्यवस्थापन गर्न आग्रह गरे। यसका साथै कांग्रेस सांसद शंकर भण्डारीले विकास नाराले मात्रै नभई नीति आवश्यक हुने दाबी गरे। उलने काठमाडौं र ललितपुर महानगरपालिकासँग समन्वय गरेर सुकुम्बासी समस्या हल गर्न सुझाए।

विभिन्न मन्त्रालयसँगको समन्वय नहुँदा काममा लक्ष्यमा पुग्न अफ्ठ्यारो भयोः मन्त्री गुरुङ
सहरी विकास मन्त्री सीता गुरुङले विभिन्न सरोकारवाला निकायसँग समन्वय नहुँदा काम अघि बढ्न नसेको बताइन्। उनले भनिन्, ‘एउटा आयोजना विभिन्न मन्त्रालयसँग जोडिएको छ। मन्त्रालयबीच समन्वय हुन सकिरहेको छैन। जसका कारण काममा अवरोध भइरहेको छ।’

उनले सुकुम्बासी व्यवस्थापनका लागि भूमि आयोगलाई बोलाएर छलफलसमेत गरेको बताइन्। सुकुमबासीहरुकै लागि भनेर चागुनारायणमा ५ वटा अपार्टमेन्ट बनेका छन्।  ‘सुकुम्बासीको पहिचान गरेर त्यहाँ व्यवस्थापन गर्ने गरी अघि बढ्छौं’, मन्त्री गुरुङले भनिन्। उनले सहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन पनि मुख्य रुपमा रहेको टिप्पणी गरिन्।

६ महिनाभित्र सुम्बासी बस्ती हटाउन सरकारलाई समितिको निर्देशन
पूर्वाधार विकास समितिले बागमती किनारामा रहेका सुकुम्बासी बस्तीलाई ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। समितिले उपयुक्त समयमा उच्चस्तरीय बागमती सभ्यता एकीकृत विकास समितिको काम कारबाहीबारे अनुगमन गर्ने, काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाको घरजग्गा पास गर्दा लिने थप ०.५ प्रतिशत शुल्क बागमती र यसका सहायक नदीहरुको पानी प्रशोधन र ऐतिहासिक संस्कृतिको संरक्षण गर्ने ठाउँमा खर्च गर्नेगरी समितिकिो कोषमा जम्मा गर्न निर्देशन दिने निर्णय गरेको छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) र थाइल्यान्ड सरकारको संयुक्त आयोजनामा बैं... बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन स्वास्थ्य आपत्कालीन तथा विपत्‌ व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्... बुधबार, कात्तिक ११, २०८३
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै नागरिकताको प्रतिलिपि वितरणका लागि प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्थ... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच बुधबार, कात्तिक ११, २०८३
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन बुधबार, कात्तिक ११, २०८३
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्