• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अधिकारसम्पन्न बागमती सभ्यताको २९ वर्ष पूरा, नदी किनाराका सुकुम्बासी मुख्य समस्या

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असार २०, २०८०  २२:०१
1140x725

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लागू भएको २९ वर्ष पूरा भएको छ। २०५१ साल चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिको नामबाट गठन भएको थियो।

२०५२ साल मंसिरमा अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण, सुधार, कार्यान्वयन तथा समितिको गठन हुँदै ०६४ साल जेठमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरी नाम परिमार्जन गरिएको थियो।

बागमती नदी र यसका सहायक नदीहरुको उद्गमस्थललाई सुन्दरता कायम गर्ने उद्देश्यका साथ गठन गरिएको थियो। नदी प्रणाली प्रदूषण मुक्त गराई उपत्यकामा वातावरणीय स्वच्छता, पवित्रता कायम गर्ने, नदी करिडोरहरुमा नदीको दुवैतर्फ सडक, पैदलमार्ग र हरियाली उधान निर्माण गर्नुका साथै नदी प्रणालीसँग सम्बद्ध ऐतिहासिक पूरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ गठित समितिको २९ वर्ष पुग्दासमेत काम सन्तोष जनक नभएको भन्दै आलोचना भएको छ।

०५१ देखि हालसम्म के–के काम भयो? 
समितिले हालसम्म पुँजीगततर्फ करिब १४ अर्ब खर्च गरेको छ। बागमती, नख्खु, बल्खु, हनुमन्ते, मनोहरा, कर्मनारा, महादेवखोला, मनोमत्ता, गोदावरी, गोकर्णको चन्द्रमती, सूर्यमती र विष्णुमती गरी १३ वटा नदी खोलाहरुमा निर्माणको काम गरेको समितिका सदस्य सचिव एवम् आयोजना प्रमुख रवीन्द्र बोहाराले जानकारी दिए। 

आव ०७८/०८९ मा ९१.८८ किलोमिटर नदी तटबन्ध निर्माण सम्पन्न गरेको छ। त्यसैगरी ११६.८४ इन्टरसेप्टर ढल निर्माण, ४४.२९ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण, १६.२ एमएलडी. फोहोर पानी प्रशोधन, ६१० रोपनी बागमती किनाराको जग्गा मुआब्जा, १२३ रोपनी जग्गामा कार्यालयका भवन निर्माणको काम सम्पन्न भएको समितिले जनाएको छ। यसका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा धाप ड्याम निर्माण सम्पन्न भएको छ।

यसका साथै बागमती नदी संरक्षण र सौन्दर्यीकरण कार्यका लागि काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्पन्नको क्षेत्रमा अनधिकृत ढंगले निर्माण गरिएका २७ वटा घरटहराहरु हटाइएको छ।

सुकुम्बासीका घर टहरा हटाउन मुख्य समस्या
समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले सुकुम्बासी समस्या अझै समाधान हुन नसकेको बताए। पूर्वाधार विकास समितिको बैठकमा बोल्दै तिमिल्सिनाले सुकुम्बासीका लागि अपार्टमेन्ट बनाएको भए पनि सर्न नमानेको बताए। 

मनोहरा, सिनामंगल, शंखमूल, थापाथली, गुसिंगाल, बल्खु क्षेत्रका २७ स्थानमा ३४९६ परिवार सुकुम्बासी रहेका छन्। त्यसैगरी बागमती गोकर्णदेखि सिनामंगलसम्म १८८ रोपनी र अन्य नदी र खोलामा सयौं रोपनीमा मुआब्जा दिन बाँकी रहेको समितिले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुकुम्बासीहरुलाई बस्नका लागि भनेर सरकारले चाँगुनारायणमा पाँचवटा अपार्टमेन्ट निर्माण गरिसकेको छ। २३० जना अटाउने उक्त अपार्टमेन्टमा सुकुम्बासीहरुले बस्न आनाकानी गरेका कारण समस्या भएको समितिको भनाइ छ।

लगानी अनुसारको प्रतिफल नआएको भन्दै सांसदहरुको असन्तुष्टि 
प्रतिनिधि सभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिका अधिकांश सांसदहरुले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २९ वर्षको अवधिमा आइपुग्दासमेत परिणाम आउने गरी काम नगरेको भन्दै असन्तुष्टि पोखे। 

नेपाली कांगेसका सांसद प्रदीप पौडेलले समयमै काम नहुँदा लागत बढेको, कतिपय खोल्सालाई नदीको रुपमा परिभाषित गरेको र ढलको व्यवस्थापन नहुँदासम्म बागमती सरफाइले पूर्णता नपाउने जिकिर गरे। उनले विष्णुमती करिडोरका लागि बजेट विनियोजनको लागि माग गर्दा बागमती आयोजना अन्तर्गत नपर्ने भन्दै बजेट विनियोजन गराउन नसकिएको बताए।

त्यसैगरि एमाले साांसद ठाकुर गैरेले अधिकारसम्पन्न भनिएको समितिले के कारणले काम गर्न नसकेको भन्दै प्रश्न गरे। उनले भने, ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले के कारण काम गर्न सकेन? बागमती कुरुप भइरहेको छ। १४ अर्ब रकम के काममा खर्च भयो? वातावरणीय क्षेत्र र धार्मिक क्षेत्रमा हुने राजनीति बन्द गर्नुपर्छ।’ उनले नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्ने बताए। 

Xtrem

Xtrem

यस्तै जनमत पार्टीका सांसद डा चन्द्रकान्त रावतले करिब ३० वर्षसम्म पनि बागमती सफा गर्न नसकेको भन्दै व्यवस्थामाथि प्रश्न गरे। उनले भने, ‘३० वर्षसम्म पनि बागमती सफा गर्न सकेनौं।अझै कति वर्ष लाग्छ? यो व्यवस्थाकै कारण फेल भएको हो कि? फास्ट ट्रयाकको काम पनि सन्तोष जनक भइरहेको छैन। यसमा गम्भीर हुन जरुरी छ।’

रास्वपाकी सांसद निशा डांगी, माओवादी सांसद उर्मीला माझीलेसमेत आयोजनाको कामप्रति प्रश्न उठाए। राप्रपाका सांसद दीपक सिंहले पशुपतिनाथ मन्दिर क्षेत्र र बालुवाटर स्थित प्रधानमन्त्री निवास अघाडिको ढल व्यवस्थापन गर्न आग्रह गरे। यसका साथै कांग्रेस सांसद शंकर भण्डारीले विकास नाराले मात्रै नभई नीति आवश्यक हुने दाबी गरे। उलने काठमाडौं र ललितपुर महानगरपालिकासँग समन्वय गरेर सुकुम्बासी समस्या हल गर्न सुझाए।

विभिन्न मन्त्रालयसँगको समन्वय नहुँदा काममा लक्ष्यमा पुग्न अफ्ठ्यारो भयोः मन्त्री गुरुङ
सहरी विकास मन्त्री सीता गुरुङले विभिन्न सरोकारवाला निकायसँग समन्वय नहुँदा काम अघि बढ्न नसेको बताइन्। उनले भनिन्, ‘एउटा आयोजना विभिन्न मन्त्रालयसँग जोडिएको छ। मन्त्रालयबीच समन्वय हुन सकिरहेको छैन। जसका कारण काममा अवरोध भइरहेको छ।’

उनले सुकुम्बासी व्यवस्थापनका लागि भूमि आयोगलाई बोलाएर छलफलसमेत गरेको बताइन्। सुकुमबासीहरुकै लागि भनेर चागुनारायणमा ५ वटा अपार्टमेन्ट बनेका छन्।  ‘सुकुम्बासीको पहिचान गरेर त्यहाँ व्यवस्थापन गर्ने गरी अघि बढ्छौं’, मन्त्री गुरुङले भनिन्। उनले सहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन पनि मुख्य रुपमा रहेको टिप्पणी गरिन्।

६ महिनाभित्र सुम्बासी बस्ती हटाउन सरकारलाई समितिको निर्देशन
पूर्वाधार विकास समितिले बागमती किनारामा रहेका सुकुम्बासी बस्तीलाई ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। समितिले उपयुक्त समयमा उच्चस्तरीय बागमती सभ्यता एकीकृत विकास समितिको काम कारबाहीबारे अनुगमन गर्ने, काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाको घरजग्गा पास गर्दा लिने थप ०.५ प्रतिशत शुल्क बागमती र यसका सहायक नदीहरुको पानी प्रशोधन र ऐतिहासिक संस्कृतिको संरक्षण गर्ने ठाउँमा खर्च गर्नेगरी समितिकिो कोषमा जम्मा गर्न निर्देशन दिने निर्णय गरेको छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्