क्यालिफर्निया– गैर आवासिय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको लागि कुल प्रसाद (केपी) ढकालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
ढकालले नेतृत्व गरेको प्यानलबाट क्यालिफोर्नियामा लामो समयदेखि समाजसेवा गर्दै आइरहेका परिचित व्यक्तिहरु उम्मेदवार छन्। ढकाल नेतृत्वको प्यानलबाट उपाध्यक्षमा बाशु देव बुढाक्षेत्री, महिला उपाध्यक्षमा गीता बजगाईं, सचिवमा कोपिला अधिकारी, महिला सचिवमा सुशीला खनाल, कोषाध्यक्ष तेजेन्द्र बराल उम्मेदवार छन्।
यस्तै, महिला संयोजकमा कोमल डोटेल र युवा संयोजकमा प्रस्मिता शर्मा तथा सदस्यमा टेक खड्का, बिजय चौधरी, मनोज ठगुन्ना, कैलाश केसी, केशर कुसारी, जनकराज ढुङ्गाना, रोशन थापाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दिएकामध्ये महिला उपाधक्षमा गीता बजगाईं, सचिवमा कोपिला अधिकारी, महिला सचिवमा सुशीला खनाल, महिला संयोजकमा कोमल डोटेल र युवा संयोजकमा प्रस्मिता शर्मा निर्विरोध निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।