• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

‘मस्कट घोषणापत्र’ जारी गर्दै एनआरएनए आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन सम्पन्न (पूर्णपाठ)

64x64
नेपाल लाइभ शनिबार, असार १६, २०८०  ०६:२२
1140x725

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलन १७ बुँदे मस्कट घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ।

सम्मेलनले सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका सबै श्रमिकलाई कोषमा निरन्तर योगदान गर्न आह्वान गरेको छ। कोषमा अहिले सम्म एक लाख ५० हजार नेपाली श्रमिकहरु आबद्ध भइसकेको बताइएको छ।

‘लामो समयदेखि विदेशमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने बेलामा सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गरी अविलम्ब नेपाली दूतावास र स्थानीय तहबाट श्रमिक तथा उनीहरूका परिवारमार्फत नै कोषमा योगदान गर्न मिल्ने व्यवस्था मिलाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछ,’ एनआरएन प्रवक्ता सोम सापकोटाले भने। 

सम्मेलनले इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन नेपाल सरकारसमक्ष आग्रह गरेको छ। त्यस्तै खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको एमआरपी राहदानीको अवधि समाप्त भई विद्युतीय राहदानी बनाउने क्रममा ठूलो समस्या देखिएको भन्दै यसलाई तुरुन्त समाधान गर्न नेपाली दूतावास र महावाणिज्य दूतको कार्यालयलाई आवश्यक जनशक्ति, श्रोत र साधन उपलब्ध गराई अधिकतम घुम्ती शिविर सञ्चालन गराउने व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष आग्रह गरेको छ। 

सम्मेलनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउन माग गरेको छ। अहिले बोर्डले सात लाख रुपैयाँ दिने गर्छ।

सम्मेलनले घरेलु श्रमिकको सुरक्षाको सुनिश्चित हुने गरी बलियो श्रम सम्झौता गरी न्यायोचित भर्ना प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष आग्रह गरेको छ।

सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ, पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्मा, पूर्व श्रममन्त्री तथा सांसद कृष्णकुमार श्रेष्ठ, श्रम मन्त्रालयका वरिष्ठ अधिकारीहरू, खाडी क्षेत्रका राजदूतसहित एनआरएनए पदाधिकारीहरू सहभागी थिए। 

गैरआवासीय नेपाली संघ 
८औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन 
२८–३० जुन २०२३, मस्कट घोषणापत्र
 
“अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार” भन्ने मूल विषय सहित जुन २८–३०, २०२३ मा गैरआवासीय नेपाली संघको ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन १७ बुँदे घोषणपत्र जारी गर्दै ओमानको राजधानी मस्कटमा सम्पन्न भयो। सम्मेलनको प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री माननीय पूर्णबहादुर खड्का, विशेष अतिथिहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारी, पूर्व उपप्रधानमन्त्री रघुविर महाशेठ, पूर्व मन्त्री तथा माननीय जनार्दन शर्मा, पूर्व मन्त्री तथा माननीय  कृष्णकुमार श्रेष्ठ,  बहराईन, ओमान, कतार, साउदी अरबका महामहिम राजदुतहरु,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरु सहित करिब २ सय ५० जनाको उपस्थितिमा सम्मेलन सम्पन्न भएको छ।   

Ncell 2
Ncell 2
nimb
nimb

सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगार, सामाजिक न्यायको लागि सामाजिक सुरक्षाको सुनिश्चितता, सामूहिक लगानी, एनआरएनको संस्थागत विकास लगायतका सवालमा छलफल गरी १७ बुँदे “मस्कट घोषणापत्र–२०२३” जारी गरिएको छ। 

१. गैरआवासीय नेपाली संघले उठाउँदै आएको वैदेशिक रोजगारीको क्रममा कार्यरत श्रमिक र स्वरोजगारलाई योगदानमा आधारीत सामाजिक सुरक्षामा समेट्ने नेपाल सरकारको निर्णयलाई यो सम्मेल सम्मानको साथ हार्दिक स्वागत गर्दछ। वैदेशिक रोजगार बिभागले श्रम स्वीकृति जारी गर्ने वेलामा  नै वैदेशिक रोजगारीमा आउने नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिसकेकोले यसलाई निरन्तरता गर्न सूचिकृत सवै श्रमिकलाई हार्दिक आब्हान गर्दछ। यो कोषमा नेपाली श्रमिकलाई अबद्धता गराउने भुमिका निर्वाह गर्न एनआरएन प्रतिबद्धता गर्दछ।   

२. यो सम्मलेनले लामो समयदेखि विदेशमा कार्यरत नेपाली श्रमिकको श्रम नविकरण गर्ने बेलामा सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत गरी अविलम्ब नेपाली दूतावास र स्थानीय तहबाट श्रमिक तथा उनीहरुका परिवार मार्फत नै कोषमा योगदान गर्न मिल्ने ब्यवस्था मिलाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछ। साथै, बिदेशमा कार्यरत नेपाली श्रमिकको परिवारले सामाजिक सुरक्षा कोषमा आबद्ध भए नभएको ध्यान पुर्‍याउन परिवार समक्ष आग्रह गर्दछ। 

३. विदेशमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित प्रत्याभुति गर्न थप प्रभावकारी कार्यक्रम ल्याउन यो सम्मेलन सामाजिक सुरक्षा कोषलाई हार्दिक अनुरोध गर्दछ।  

४. यो सम्मेलनले इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन नेपाल सरकारसमक्ष आग्रह गर्दछ। साथै, बिभिन्न कारणवस श्रम स्वीकृति नलिई खाडी क्षेत्रमा रहेको अवसर प्राप्त गरी कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन नेपाल सरकारसमक्ष आग्रह गर्दछ। 

५. खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको एमआरपी राहदानीको अबधी समाप्त भई विद्युतीय राहदानी वनाउनेक्रममा श्रमिकलाई ठुलो समस्या देखिएको छ। यसलाई तुरुन्त समाधान गर्न नेपाली दूतावास र महाबाणिज्य दूतको कार्यालयलाई आवश्यक जनशक्ति, श्रोत र साधान उपलब्ध गराई अधिकतम घुम्ती शिविर सञ्चालन गराउने ब्यवस्था मिलाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ। यो शिविर सञ्चालनमा सहयोगी भुमिका निर्वाह गर्न एनआरएन प्रतिबद्धता जनाउदछ। 

६. यो सम्मेलनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध गराउदै आएको आर्थिक साहयता कम्तीमा १५ लाख रुपैया उपलब्ध गराउने ब्यबस्था मिलाउन सरकारसमक्ष अनुरोध गर्दछ। साथै, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अबधी समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले बोर्डबाट उपलब्ध राहत रकम नपाएकोप्रति यो सम्मेलन गम्भिर ध्यानाकर्षण जनाउदै त्यस्ता प्रकृतिका श्रमिकका परिवारलाई अर्थमन्त्रालयबाट उचित राहत रकम उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारसमक्ष माग गर्दछ। वोर्ड मार्फत जेलमा रहेका नेपाली श्रमिकको लागि उपलब्ध गराइने कानुनी सेवालाई प्रभावकारी वनाउन विद्यमान कार्यबिधिलाई शंशोधन गर्न यो सम्मेलन आग्रह गर्दछ।    

७. खाडीको सबैभन्दा ठुलो समस्या रहेको घरेलु श्रमिकलाई सधै कानुनी बाटो बाहिर राखिराख्नु हुदैन। दोश्रो बाटो भएर घरेलु श्रमिकको ओसारप्रसार भइरहेको हुदा यसलाई ब्यवस्थीत गर्नु आवश्यक भइसकेको छ। घरेलु श्रमिकको सुरक्षाको सुनिश्चित हुने गरी वलियो श्रम सम्झौता गरी न्यायोचित भर्ना प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष आग्रह गर्दछ।  

८. गैरआवासीय नेपाली संघले स्थापना गरेको एकसय मिलियन डलरको सामुहिक लगानी कोषमा मध्यपुर्वमा कार्यरत नेपालीलाई अभिप्रेरित गर्न अनुरोध गर्दछ। साथै संघले विदेशमा कार्यरत नेपाली श्रमिकको कल्याणकारी कार्यको लागि बनाइएको वैदेशिक रोजगार कोषमा रेमिट्यान्स पठाउदा रेमिट्यान्स कम्पनीले प्राप्त गर्ने कमिसनको दुई पैसा जम्मा गर्न राष्ट्र बैकसमक्ष आग्रह गर्दछ।  

९. निर्वाचन आयोगले प्रवासमा रहेका नेपालीहरुलाई आगामी निर्वाचनमा  मतदानमा भाग लिन पाउने गरि विदेशस्थित नेपाली दूतावास मार्फत मतदाता नामावली संकलन गर्न शुरु गर्ने निर्णयको यो सम्मेलन स्वागत गर्दछ। साथै यथासिघ्र प्रवासबाट नै मतदान गर्ने ब्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ।  

१०. नेपालको संविधान २०७२ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त गरिएको प्रति नेपाल  सरकार समक्ष हार्दिक आभार व्यक्त सहित यसलाई यथाशक्य छिटो कार्यान्वयनमा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछ। संघले स्थापनाकालदेखि उठाउदै आएको ‘एकपटकको नेपाली सधैको नेपाली’ रहने गरी नेपाली नागरिकताको निरन्तरताको लागि सरकारसमक्ष आग्रह गर्दछ।  

११. गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनबाट उत्पन्न फरक परिस्थितिलाई समाधान गर्नका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू समक्ष भएको समझदारीलाई पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध रहँदै सम्बन्धित सबैलाई एकताको मूल मर्मलाई आत्मसात गर्दै एकजुट भई अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ।  

१२. प्रवासमा रहेका नेपालीबाट बैधानिक माध्यमबाट मुलुकमा विप्रेषण पठाउनको लागि प्रोत्साहन गर्न आकर्षक सुबिधाहरु दिने सहित कार्यक्रमहरु ल्याउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ।   

१३. लामो समयदेखि खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकले सिकेको सीपको बिकास,  पुजीको संरक्षण गर्दै स्वदेशमा नै स्थापित हुने कार्यक्रमहरु ल्याउन संघीय, प्रदेश र स्थानीय तहको सरकारलाई यो सम्मेलन हार्दिक अनुरोध गर्दछ। सीप युक्त जनशक्ति उत्पादन तथा उद्यमशीलता विकासको लागि गैरआवासीय नेपाली संघ सँगको सहकार्यमा सातै प्रदेशमा व्यवसायीक तालिम केन्द्रहरू स्थापना गर्न नेपाल सरकारसँग यो सम्मेलन आग्रह गर्दछ। यस्ता तालिम केन्द्रहरुको बिकासको लागि गन्तब्य देशका सरकारहरुलाई समेत सहभागी गराउन आग्रह गर्दछ।   

१४. नेपालको पर्यटन व्यवसायलाई प्रर्वधन गर्नको लागि विदेशस्थित कूटनीतिक नियोग, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र अन्तर्राष्ट्रिय समुदायको सहयोगमा नेपालमा पर्यटकको संख्यालाई वृद्धि गर्न गैरआवासीय नेपाली संघले अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। 

१५. साना सानो रकम रेमिट्यान्स पठाउने श्रमिकको रकम बचत तथा त्यसलाई उत्पादक मूलक क्षेत्रमा लगानी गर्न सामूहिक लगानीको लागि प्राधिकरण गठन गर्न आग्रह गर्दछ। प्राधिकरणमा रेमिट्यान्स पठाउनेले १० प्रतिशत लगानी गर्ने र त्यसमा २ प्रतिशत रकम सरकारले प्रोत्साहन स्वरूप लगानी गर्न आग्रह गर्दछ। 

१६. यो सम्मेलन दुई बर्षको अबधीको सट्टा एकसय ८२ दिनलाई एनआरएन हुने योग्यता कायम गर्न सरकार समक्ष माग गर्दछ।   

१७. सामाजिक सुरक्षा कोषमा समाहित भएका श्रमिकहरुका हकहितका लागि स्थापना गरिएको सामाजिक सुरक्षा कोषमा नेपाल सरकार संग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले तत्कालै रु एक करोडको राशी सामाजिक सुरक्षा कोषमा राख्ने प्रतिवद्धता जाहेर गर्दछ।  
 
अन्त्यमा, यो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थिति जनाउनुभएकोमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माननीय पूर्ण बहादुर खड्का, विशेष अतिथिहरु, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारी,  पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, पूर्व मन्त्री माननीय जनार्दन शर्मा, पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ, सरकारी प्रतिनिधिज्यूहरु,मध्य पूर्व क्षेत्रका महामहिमज्यूहरु, आयोजक राष्ट्र ओमान, प्रायोजकहरु सञ्चारकर्मी लगायत विश्वभरिबाट पाल्नुभएका गैरआवासीय नेपाली संघका अभियन्तामा  यो सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ।  
 
गैरआवासीय नेपाली संघ,   
३० जुन २०२३

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित... मंगलबार, भदौ १६, २०८३
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्