• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डा मिनेन्द्र रिजालको शिक्षक अवतार

64x64
समर्पण श्री शनिबार, असार २, २०८०  १६:१७
1140x725

डा मिनेन्द्र रिजाल हप्तामा १ दिन शिक्षक अवतारमा भेटिन्छन्। यो कुरा उनले सार्वजनिक रुपमै भनिसके।  

०६३ सालपछि पहिलो पटक यसपालि उनी संसदबाहिर छन्। नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीको चुनावमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिए। १८ महिनापछि केन्द्रीय सदस्यमा मनोनित त भए। 

तर मिनेन्द्रकै भाषामा उनी अहिले पार्टीको ‘किनारा’ मा छन्।

यतिबेला कतिपयले उनलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासँग पनि दाँजिरहेका छन्। ओबामा आफ्नो कार्यकाल सकिएपछि पुन: वकालती पेसामै फर्किएका थिए। 

‘तर म बाराक ओबामा हैन। म राजनीतिबाट रिटायर्ड भएको पनि छैन,’ अध्यापन पेसामा १९ वर्षपछि फर्किएका मिनेन्द्रले प्रतिवाद गर्दै भने, ‘अझै एउटा  पार्टीको र अर्को संसदको चुनाव लड्छु।’

बालुवाटारस्थित डा मिनेन्द्र निवासमा नेपाललाइभ टिम केही दिनअघि पुगेको थियो। यसपटक हामीलाई कांग्रेसमा उनको भूमिकाबारे सुन्नु थिएन। न सोध्नु थियो उनको राजनीतिक कर्म।

शिक्षक अवतारका मिनेन्द्रसँग अध्यापनका अनुभव सुन्नु थियो। 

मध्यबानेश्वरस्थित एपेक्स कलेजमा आइतबारको हरेक बिहान ८ देखि १० बजेसम्म उनको समय एमबीएका विद्यार्थीहरूसँग बित्छ। हातमा हुन्छ आफैंले डिजाइन गरेको कोर्स। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसरी शिक्षक अवतारमा देखिने मिनेन्द्रलाई विद्यार्थीको आँखाले पूर्वमन्त्री देख्ला कि नदेख्ला? पूर्व सांसद देख्ला कि नदेख्ला? कांग्रेसका नेता देख्ला कि नदेख्ला? संवादको क्रममा यो जिज्ञासा राखिहाल्यौँ।

‘कक्षामा हुँदा त्यो अवधिभर सब कुरा बिर्सन्छु। म त्यहाँ न नेता हुन्छु न पूर्वमन्त्री। केवल मास्टर हुन्छु,’ मिनेन्द्रको जवाफ थियो।

उनलाई लाग्छ– विद्यार्थीले पनि सायद अन्य आँखाबाट नहेर्लान्! 

किनकि आफूले पढाएर ग्र्याजुएट बनाएका पूर्व विद्यार्थीहरूले भेट्दा नेताभन्दा गुरुकै रुपमा मानेको अनुभव मिनेन्द्रसँग छ।  बीचमा अध्यापन नगर्दा पनि मिनेन्द्र बेलाबखत विद्यार्थीसँग ठोकिइरहन्थे। 

Xtrem

Xtrem

विशेष मौकामा घण्टौँसम्म ओरेन्टेसन दिन्थे। अझ एपेक्स कलेजको क्यान्टिन त हरेक दिन उनको खाना पाक्ने भान्छा थियो। त्यतिबेला उनी कलेजका अध्यक्ष थिए। (उनी अहिलेसम्म निरन्तर अध्यक्ष छन्।)

विद्यार्थीहरूले खाना खाने समयमा प्राय: मिनेन्द्रलाई देख्ने रहेछन्। उनीहरू ठट्टयौली शैलीमा भन्ने रहेछन्– हामी सरलाई देख्छौँ नि!

उनी कोठामा लुकेर चुरोट पिइरहन्थे। त्यो दृश्य देखेका विद्यार्थीले एकापसमा भन्ने रहेछन्, ‘सर आउनुहुन्छ। माथि कोठामा देखिनुहुन्छ। एकछिन क्यान्टिनमा देखिनुहुन्छ। फेरि माथि जानुहुन्छ। तर जुनबेला पनि उहाँको हातमा सिग्रेट हुन्छ।’ 

‘यो कुरा पहिला म भन्न सक्दिनँ थिएँ। अब सक्छु,’ मिनेन्द्र लामो हाँसोका साथ भन्छन्, ’किनकि मैले चुरोटको लत छाडेको पनि ४ वर्ष भयो।’

०००

झण्डै २ दशकपछि नियमित अध्यापनमा फर्कँदा मिनेन्द्रले आफूलाई एकसरो नियाले। अनुहारमा बुढ्यौलीका रेखी चढिसकेका छन्। १९ वर्षअघि नियमित कक्षाकोठाबाट छुटेको जवान मिनेन्द्र त यतिबेला छैन। 

तर त्यही हुटहुटी र ऊर्जामा भने कतै कमी देखिएन।

०५९ सालमा योजना आयोगका सदस्य थिए उनी। तैपनि विद्यार्थीहरूसँग उनको मास्टरी अवतार नियमित देखिन्थ्यो। एमबीएका विद्यार्थीलाई म्याक्रो इकोनोमिक्स पढाउँथे मिनेन्द्र।

त्यसै बखत तत्कालीन राजा ज्ञानेन्द्र शाहले असोज १८ मा काण्ड मच्चाए। प्रधानमन्त्रीलाई अक्षम करार गर्दै आफूले छानेका प्रधानमन्त्रीबाट शासन सुरु गरे।

रिजाल लगायतले योजना आयोगबाट सामूहिक राजीनामा दिए। ०६१ जेठमा देउवा पुनः प्रधानमन्त्री बनाइए। तर सोही वर्ष माघ १९ गते राजाले अर्को 'कु' गरे। प्रधानमन्त्री देउवालाई त जेलमा थुने नै, मिनेन्द्रलाई पनि थुने।

उनी थुनामा परेपछि विद्यार्थीहरूले निकै दु:ख पाए। उनीहरूलाई थप अन्याय नहोस् भन्ने लागेपछि मिनेन्द्रले नियमित अध्यापनबाट विश्राम लिए।

०००

मिनेन्द्रले पढाउन ०४१ सालबाट सुरु गरेका थिए। उनले एमबीएमा कलेज टप गरे। मास्टर्स सकिनेबित्तिकै मिनेन्द्रले जनप्रशासन क्याम्पसमा ह्युमन रिसोर्स म्यानेजमेन्ट पढाउन थाले। 

‘पहिलो दिनको अनुभव कस्तो थियो?’

जवाफमा मिनेन्द्र भन्छन्, ‘ बिहानको क्लास थियो। आफैंले जस्ताको तस्तै पढेको विषय थिएन। तर हरेक दिन मेहनत गरेर पढाउँथेँ।’ 

१ घण्टाको कक्षा थियो। तर मिनेन्द्रलाई जहिल्यै समय अपुग हुने। त्यतिबेला एकजना सिनियर शिक्षक पुष्करराज रिजालले भनेको कुरा उनी सम्झिरहन्छन्। 

एकदिन प्रसंगबस मिनेन्द्रले ‘ब्रेनट्याक्स’ शब्द प्रयोग गरे। त्यो शब्द प्रयोग गरेको सुनेर पुष्करराजले सम्झाए, ‘ए भाइ, मिनेन्द्र सुन्नुस्। तपाईं भर्खर भर्खर पढेर आउनुभएको। जानेको जति सबै कुरा पढाऊँजस्तो लाग्छ। तपाईंलाई समय कहिले पनि पुग्दैन। मलाई जहिले पनि पुग्छ।’ 

‘विद्यार्थीलाई कति चाहिन्छ। फिल्टर गरेर सुनाउँछु। त्यसैले हामी उनीहरूको ब्रेनको ट्याक्स लिन्नौँ। ब्रेनमा पस्ने जति मात्र दिन्छौँ।’

पुष्करराजको कुरा मिनेन्द्रलाई जँच्यो। ‘सुरुमा भर्खर भर्खर जवानी आएको मान्छेलाई जस्तो हुने। सबलाई पढाएर एकैपटक के के न बनाऊँजस्तो। तर पछि विस्तारै पो थाहा हुँदोरहेछ,’ मिनेन्द्र हाँस्दै सुनाउँछन्।  

विद्यार्थीबाट अचानक शिक्षकमा परिणत भएका थिए मिनेन्द्र। ‘पहिलो दिन शिक्षक भएर उभिँदाको आत्मविश्वास कस्तो थियो?’

प्रश्न सुन्नासाथ मिनेन्द्र मुस्कुराए। ‘म ६५ वर्षको हुँदा पनि निहुँ खोजेको तपाईंले देख्नुभएको छ। त्यसबापत् मूल्य पनि चुकाएको छु। चाहिनेभन्दा बढी कन्फिडेन्स जहिले पनि थियो,’ मिनेन्द्र ठाटका साथ सुनाउँछन्। पढाउँदाको पहिलो दिनबारे स्पष्ट याद नभए पनि आत्मविश्वासमा कमी नभएको सम्झना छ उनलाई। 

मिनेन्द्रको ‘आत्मविश्वास’मा कहिले पनि कमी थिएन। पढ्दा होस् वा राजनीतिमा होमिँदा। ‘म ९ कक्षामा पढ्दा बुबा बित्नु भयो। त्यसपछि घरमा आफूले आफ्नै बुतामा निर्णय गर्थेँ। त्यसैले कन्फिडेन्सकाे कहिल्यै कम भएन,’ उनी सुनाउँछन्। 

मिनेन्द्र आफूलाई ‘टफ’ शिक्षक ठान्छन्। चाहे त्यो नेपालमा पढाउँदा होस् वा अमेरिकामा, विद्यार्थीहरूले उनको कठोरतालाई प्रशस्तै अनुभूत गरे। 

उनी अमेरिकामा एउटा विद्यार्थीको प्रतिक्रिया सम्झिरहन्छन्। 

पहिलो ब्याचलाई पढाएर फाइनल ग्रेड आयो। फाइनल ग्रेडपश्चात् विद्यार्थीले शिक्षकको मूल्याकंन गर्थे। पहिलो ब्याचमा एक विद्यार्थीले उनलाई लेखेका थिए, ‘तिमी एकदम राम्रो शिक्षक हौ। तिमीलाई म प्रेम गर्छु। रुचाउँछु। तर तिमी कठोर छौ।’ 

‘त्यहाँको विद्यार्थीलाई पढाउँदा पनि म कठोर थिएँ। सायद मेरो पर्सनालिटीमा त्यो पार्ट देखिन्छ होला,’ उनी भन्छन्।

मिनेन्द्रको आत्मविश्वास गत चुनावको क्षण पहिलो पटक धरमरायो। ०६३ सालपछि पहिलो पटक उनले संसदीय चुनावमा होमिन टिकट पाएनन्। सायद उनलाई टिकट नपाउनुको पीडाले निकै दिन दुखाइरह्यो।

‘अब त त्यो क्षण गुज्रिएको पनि ६ महिना बितिसक्यो,’ मिनेन्द्र मलिन मुद्रालाई स्वभाविक मुस्कानले छोप्न खोज्दै भन्छन्।  

०००

जनप्रशासन क्याम्पसपश्चात् मिनेन्द्रले कीर्तिपुरमा पढाए। पढाउने क्रममा ०४४ सालमा फुल ब्राइट स्कलरसिपमा उनी अमेरिका उडे।

न्यूयोर्क स्टेट युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट मास्टर्स अफ बिजिनेस एड्मिन्स्ट्रेसनमा रिजालले युनिभर्सिटी टपे। त्यसपछि न्यूयोर्क युनिभर्सिटी विद्यावारिधि गरे। नामको अगाडि डा झुण्डिएपछि सोही विश्वविद्यालयमा पढाउन सुरु गरे। 

त्यहाँका रोचक स्मृति ताजै छन् मिनेन्द्रलाई। 'बिजनेस ल'को क्लासमा उनलाई एकजना अमेरिकन साथीले ‘नेपालबाट आएको यो मान्छेले के जानेको होला र!’ भन्ने ठान्थे। तिनको सोच थियो- अरु विषयमा नसके पनि 'बिजनेस ल' मा जित्छु।

तर त्यसको जवाफ एकदिन परीक्षामा पाएको प्रतिफलले दियो। कक्षामा शिक्षकले सबैभन्दा कम नम्बर आएको विद्यार्थीलाई सुरुमा कपी दिन्थे। त्यसरी दिने क्रममा ३ वटा कपी बाँकी रह्यो। २ वटा बाँकी छँदा ती साथीको कपी आयो। अभिमानका साथ मिनेन्द्रलाई हेर्दै संकेतमा बोले– देखिस्।

तर कक्षाको अन्तिम कपी शिक्षकले मिनेन्द्रलाई दिए। ती साथीको अनुहार त्यतिबेला हेर्न लायकको थियो। ‘जाँचमा मैले २० मा २० नम्बर नै ल्याएको थिएँ,’ मिनेन्द्र सुनाउँछन्। 

कलेजमा उनी सबैभन्दा स्मार्ट विद्यार्थी थिए। साथीहरू पढ्ने बेला उनकै समूहमा बस्न रुचाउँथे।  

नेपाली युवकले अमेरिकाको न्युयोर्क युनिभर्सीटीमा पढ्नु नै त्यतिबेला चानचुने कुरा थिएन। त्यसमाथि पनि उत्कृष्ट प्रमाणित गरेर त्यहीँ पढाउनु त अनौठो वास्तविकता थियो। 

त्यहाँ पढाउने क्रममा एकदिन एकजना कांग्रेस निकटका एक शिक्षक अमेरिका पुगेका थिए। उनको छोराले त्यहाँको एक युनिभर्सिटीमा पढ्न अप्लाइ गरेका रहेछन्। ती शिक्षकले मिनेन्द्रलाई छोरा पढ्ने युनिभर्सिटीमा लगिदिन आग्रह गरे। मिनेन्द्रले अफिस आवर बाहेकको समय निकालेर उनलाई त्यो युनिभर्सिटी घुमाइदिए। अनि फर्किएर आफ्नो कलेजमा ल्याए। त्यहाँ आफूले पढाउने क्लासरुम देखाए। 

त्यही क्रममा मिनेन्द्रका युरोपियन विद्यार्थीहरू कक्षामा आए। त्यो देखेर ती शिक्षक चकित परेछन्। ‘उहाँले सोच्नुभएछ– मिनेन्द्रले पढाउने भनेको नेपालबाटै गएका विद्यार्थी होलान्। गोरा विद्यार्थीलाई सघाइरहेको देखेपछि भन्नुभयो– तपाईंको विद्यार्थी कुहिरेहरू नै हो?’ मिनेन्द्र हाँस्दै सुनाउँछन्।

००० 

अमेरिकामा उनी सपरिवार बस्थे। एउटा सुविधासम्पन्न जीवन बाँचिरहेका मिनेन्द्रले नेपाल फर्कने सोच पटक–पटक नगरेका पनि हैनन्। तर फर्किहाल्ने हिम्मत पलाइहाल्दैन थियो। मिनेन्द्र अन्तर्राष्ट्रिय नेटवर्क डेमोक्रेसी नेपालको संयोजक थिए।   

त्यतिबेला नेपालबाट बेला–बेला नेताहरू अमेरिका पुग्थे। कुरा हुँदा उनी नेपाल फर्कने योजना पनि सुनाउँथे। तर साथीहरूले पत्याउँदैन थिए।
०५२ सालतिर। तत्कालीन प्रधानमन्त्री देउवा अमेरिका पुगेको बेला कांग्रेसका साथीहरूले भनेछन्, ‘मिनेन्द्रजीले नेपाल जान चाहनुभएको छ।’ देउवाले अपत्यारिलो मुद्रामा भने, ‘काँ जानुहुनुछ? गए त किन लान्न। लान्छु।’

त्यो दिन उनी कलेजमा क्लास सकेर साँझ देउवाकहाँ गए। देउवाले सोधे, ‘ साथीहरूले त तपाईं जाने रे भन्छन् नि?’

मिनेन्द्रले भने, ‘ किन नजाने, जान्छु।’ 

‘त्यसो भए हिँड्नुस्। मलाई सहयोग गर्नुपर्छ,’देउवाले आग्रह गरे। 

त्यसपछि मिनेन्द्र कलेजसँगको सम्झौता पूरा गरेर नेपाल फर्किने भए। तर फर्किने कुराले ११ वर्षीय छोराले उनीसँग विद्रोह गरे।  त्यो साल उनको छोराले पहिलो पटक पब्लिक स्कुलबाट प्राइभेट स्कुलमा स्कलरसिपका साथ एडमिसन पाएका थिए। यो छोराको लागि सुनौलो कुरा थियो। जाने दिन आएपछि छोराले भने,‘तपाईंले मेरो बारेमा सोच्नुभएन?’ 

छोराको त्यो अफ्ठ्यारो प्रश्नको सामाना गर्दै उनले भने, ‘हेर् छोरा। नेपालबाट झन् राम्रो विश्वविद्यालयमा जान सकिन्छ। यहाँबाट राम्रो विश्वविद्यालमा जानुपर्दा मैले कमाएको सबै पैसा खर्च हुन्छ। उताबाट आइस् भने स्कलरशीपमै पाउँछस्।’

छोरा राजी भएपछि उनी सपरिवार नेपाल फर्किए।

‘यदि देउवा प्रधानमन्त्री नभएको भए, उहाँले मलाई जाम् नभनेको भए, मैले पनि सबैको बीच जान्छु नभनेको भए विस्तारै म पनि नआउने बाटोमा पुग्थें हुँला,’ मिनेन्द्र गम्दै सुनाउँछन्।

नेपाल आएपछि एउटा सेमिनारमा उनको भेट काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्मासँग भयो। भेटमा सुरेशराजले भने,‘तपाईंले नेपाल आएपछि पढाउँछु भन्नुभएको थियो। खोई त?’

नेपाल फर्कनुभन्दा २ वर्षअघिको कुराकानीमा सुरेशराजले मिनेन्द्र यतै फर्किएर पढाउन आग्रह गरेका रहेछन्। उनले फर्केपछि पढाउने वाचा पनि गरेका रहेछन्। तर मिनेन्द्रले सुरेशराजलाई गरेको वाचा भुलेछन्।

‘त्यतिबेला म प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार थिएँ। तैपनि उहाँको वाचा पूरा गर्नुपर्छ भनेर हप्ताको एउटा कक्षा केयुमा लिन थालेँ,’मिनेन्द्र सुनाउँछन्।

पछि मिनेन्द्रले आफ्नै स्वामित्वमा एपेक्स कलेज सञ्चालन गरे। त्यसपछि त्यहीँ पढाउन थाले।

०००

०६१ पछि मिनेन्द्रले पढाउन छाड्नुको बाध्यता त हामीले सुनिहाल्यौँ। फेरि पढाउने लयमा कसरी फर्किए त? पार्टीमा उनको भूमिका जब–जब कम हुन्थ्यो। उनी फुर्सदिलो हुन्थे। त्यो फुर्सदमा उनले आफ्नो अध्ययनको दायरा बढाउँथे।

०७८ पुस १ गतेबाट उनी करिब भूमिकाविहीन नै भए। त्यसयता उनले अध्ययनको रफ्तारलाई झन् अगाडि बढाए। ‘त्यसरी कहिल्यै नपढेको कुरा पढ्दा मेरो बुद्धि बढ्यो बढेन थाहा छैन। तर ज्ञानचाहिँ बढ्यो,’ मिनेन्द्र भन्छन्।

मिनेन्द्रले आफूले पढेका कुराहरूको कोर्स आफैंले डिजाइन गरेँ। ‘मसँग विद्यार्थीलाई भन्ने कुरा छ। मलाई लाग्यो ती कुरा भन्नुपर्छ। त्यसपछि पढाउने निर्णयमा पुगें,’ मिनेन्द्र सुनाउँछन्। 

०००

मिनेन्द्रले पढाएका थुप्रै व्यक्तिले आफ्नो पहिचान कोरिसकेका छन्। आफ्नो क्षेत्र र कर्ममा स्थापित बनिसकेका छन्। कतिपय ठाउँमा विद्यार्थीहरूको नाम लिँदा मान्छेहरू दंग पर्दै सोध्छन्, ‘फलानालाई पनि तपाईंले पढाउनुभएको?’

नेपाल सरकारका पूर्वसचिवहरू ताना गौतम र कृष्ण ज्ञवाली पनि मिनेन्द्रका विद्यार्थी हुन्।

उनी आफ्ना कतिपय विद्यार्थीको अनुहार अहिले पनि झल्झल्ती सम्झिरहन्छन्। ‘कति ठाउँमा ग्र्याजुएसन स्पिकर बनाएर बोलाउँछन्। त्यतिबेला आफूले निकै वर्षअगाडि पढाएको विद्यार्थी भेट्दा नोस्टाल्जिक हुन्छु,’ उनी सुनाउँछन्।

यसरी विद्यार्थीहरूलाई सम्झिरहने मिनेन्द्र आफ्नो शिक्षकका रुपमाचाहिँ कसलाई सम्झेलान्?

जवाफमा मिनेन्द्र प्रा.डा प्रेमराज पन्तको नाम लिन्छन्। ‘उहाँले मलाई एकदिन पनि क्लास पढाउनुभएको हैन। तर सरबाट धेरै सिकेको छु। त्यसैले उहाँलाई म गुरुको रुपमा लिन्छु,’ मिनेन्द्र भन्छन्। 

त्यसपछि उनी आफ्ना पिएचडी एडभाइजर जर्मन शिक्षकलाई पनि सम्झन्छन्।

०००

‘तपाईंलाई कस्तो विद्यार्थी मनपर्छ त?’ शिक्षक मिनेन्द्रलाई हाम्रो पुछारको प्रश्न थियो। उनको भावले भनिरहेथ्यो– आफूजस्तै। 
शिक्षकलाई सम्मानसहित चुनौती दिनसक्ने।

विद्यार्थीकालमा ‘च्यालेन्ज’ गर्दा पटक–पटक मिनेन्द्रसँग शिक्षक तर्किएका थिए। उनी सम्झन्छन्, ‘कुनै कुनै शिक्षकले घरमा बोलाएर तिमी एकदम राम्रो छौ तर क्लासमा त्यसरी निहुँ खोज्नुहुन्न । अरु पनि विद्यार्थी छन् भनेर सम्झाउनुभएको छ। तर मैले शिक्षकलाई अपमानचाहिँ कहिले पनि गरिनँ।’

मिनेन्द्र पढ्दा र पढाउँदाको आत्मसन्तुष्टि अरुमा पाउँदैनन्। ‘म सन्तुष्ट छु, त्यसकारण पढाउँछु। चित्त नबुझेको दिन त फेरि अनिवार्य पनि छैन नि।’ 

विद्यार्थीको हकमा पनि त्यही लाग्छ उनलाई। सुनाउँछन्, ‘उनीहरूलाई जुन दिन मेरो कक्षा चित्त बुझ्दैन नआउनुस् भनेको छु । तर पढ्ने विद्यार्थीहरूचाहिँ कक्षामा मभन्दा अघि नै आइसक्नुपर्छ।’ 

अघि पनि सुन्यौँ। उनी ‘टफ’ शिक्षक हुन्। आफ्नो क्लासमा विद्यार्थीले होमवर्क अनिवार्य ल्याउनुपर्छ। प्रोजेक्ट वर्क अनिवार्य गर्नुपर्छ।
नत्र त के होला?

नयाँ विद्यार्थीहरूसँगको बाँकी अनुभव सुन्नचाहिँ केही समय पर्खनुपर्छ होला। 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:१७
  • #डा. मिनेन्द्र रिजाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्