• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुदूरको सुन्दरता पस्किरहेका फेरुवा

64x64
नेपाल लाइभ शनिबार, जेठ १३, २०८०  १५:१३
1140x725

सुदूरपश्चिमतिर ‘फेरुवा’लाई ‘बिना काम घुम्ने मान्छे’का रुपमा बुझ्छन्। तर दार्चुलाका हिमालय भट्टले भने त्यसैलाई आफ्नो ‘पहिचान’ बनाएका छन्। नाम पछाडि फेरुवा शब्द जोडेका उनी अचेल बिना काम भने डुल्दैनन्। उनको दैनिकी सुदूरका कुनाहरुमा लुकेको सुन्दरता खोज्दै बित्छ। 

उनी डुलिरहन्छन्। कहिले गहिरा खोँचहरुमा पुग्छन्, कहिले अग्ला डाँडाहरु उक्लिन्छन्। अँध्यारा खोँचबाट उज्याला हिमालका फेदीसम्म पुग्दा उनको क्यामेरामा दर्जनौं दृश्यहरु कैद हुन्छन्। तिनै दृश्यलाई उनले विभिन्न माध्यमबाट आमजनका लागि पस्किन्छन्। 

सामाजिक सञ्जालमा भइरल बनिरहने सुदूरपश्चिमका सुन्दर दृश्यमध्ये धेरैजसो उनकै क्यामेराले कैद गरेका हुन्छन्। 

Village_Nepal_Himalaya_Bhatta_Pic1685091528.jpg
अछामको एउटा गाउँ

‘घुम्दा मिल्ने आनन्दलाई शब्दबाट त कसरी बुझाउन सकिएला र? यो त महसुस हुने कुरा भयो। जो घुम्न निस्किन्छ, त्यसले घुम्दाको आनन्द महसुस गर्छ,’ केही दिन अगाडि काठमाडौंमा भेटिएका उनले यात्रा बारेको आफ्नो अनुभव सुनाए। 

धेरैले जिन्दगीलाई यात्रा मान्छन्। उनी भने यात्रालाई जिन्दगी मान्छन्। ‘यात्रा…? यात्रा नगर्ने मान्छे त बाँचेकै हुन्न जस्तो लाग्छ होउ!’ सामान्यत: इन्ट्रोभर्ट लाग्ने उनी यात्रानुभूति बाँड्न भने हृदयको अन्तरदेखि नै खुल्छन्।

गाउँ छाडेर उनको यात्रा पढाइ अगाडि बढाउन सुरु भएको थियो। महेन्द्रनगरमा एचए (हेल्थ असिस्टेन्ट) पूरा गरे। त्यसपछि घर फर्किए। 

‘जब स्कोप’का लागि राम्रो मानिएको एचए पढेका उनी गाउँमा त्यत्तिकै डुलेको देखेर आफन्त र गाउँलेले सोध्न थाले– फेरुवेइ जनि क्याइ डुलन्छै खाली? (काम नपाएजसरी किन डुल्छौ त्यत्तिकै?) 

त्यसपछि उनी लोकसेवा पढ्न भनेर काठमाडौं आए। 
   
गाउँमा ‘फेरुवा’को रुपमा गनिन थालिएपछि लोकसेवा पास गरेर जागिर खाने उद्देश्यसहित केन्द्रीय राजधानी छिरेका थिए। तर, काठमाडौंले उनीभित्रको ‘फेरुवापन’लाई झन् प्रस्फुटित बनाइदियो। 

Ncell 2
Ncell 2
nimb
nimb

लोकसेवाको तयारी कक्षा पढ्न जाँदा एकदिन साथीहरुबीच कालिञ्चोकको चर्चा भइरहेको सुनेछन्। ‘कहिले कालिञ्चोकमा हिउँ पर्ला र घुम्न जान पाइएला भनेर साथीहरु व्यग्र प्रतीक्षामा रहेको देखेँ। अनि गाउँको सम्झना आइहाल्यो। यहाँ मान्छेहरु हिउँको प्रतीक्षा गर्छन्। उता (दार्चुला)का डाँडाहरु ५–६ महिनासम्म हिउँले ढाकिएका हुन्छन्,’ काठमाडौंबाट फेरि गाउँतिरै पाइला मोड्नु पर्दाको स्थितिबारे हिमालय सुनाउँछन्, ‘केही दिनका लागि बिदा हुने भयो। काठमाडौंमा बस्नुभन्दा घरतिरै पुग्छु भनेर दार्चुला हिँडे।’

Himalaya_Bhatta_Feruwa_21685091526.jpg
हिमालय भट्ट

काठमाडौंबाट गाउँ पुगेपछि उनी घरमा त्यत्तिकै बसेनन्। झोलामा केही जोर लुगा बोकेर निस्किए। 

सिद्धटोपी धेरै सुन्दर छ भन्ने सुनेका थिए, गाउँकै केही दाइबाट। घरबाट निस्किएपछि सिद्धटोपीलाई गन्तव्य बनाएर पाइला अगाडि बढे। 

‘सिद्धटोपी पुगेपछि भने यहाँ किन पहिल्यै पुगेनछु भन्ने लाग्यो। त्यहाँको सुन्दरता, त्यहाँका स्थानीयको व्यवहार। सबैले आकर्षित गर्‍यो,’ हिमालयले आफ्नो पहिलो ‘औपचारिक’ यात्राबारे सुनाए।  

Siddha_Topi_Darchula_Himalaya_Bhatta_Pic1685091526.jpg
सिद्धटोपी दार्चुला

त्यसपछि त्यहाँको सुन्दरता आफूले मात्रै होइन, अरुले पनि देख्न पाउनुपर्छ भनेर फेसबूकमा पेज खोले– भिजिट दार्चुला। त्यही पेजमा फोटोहरु साझा गर्न थाले। धेरैबाट सकारात्मक प्रतिक्रिया मिल्यो। 

‘दार्चुलामा पनि यस्तो ठाउँ छ र? भनेर सोध्ने मान्छेहरु। त्यसपछि अझै अरु सुन्दर ठाउँको सुन्दरता दृश्यमा उतार्न मन लाग्यो,’ हिमालय सुनाउँछन्।

आँखाले देखेका सुन्दर दृश्यलाई दस्ताबेजका रुपमा उतार्न उनीसँग मोबाइल मात्रै थियो। क्यामेराको अभाव पहिल्यै खड्केको हो। तर किन्ने स्रोत थिएन। 

एकदिन त्यसै झोँक चल्यो र फेसबूकमा आफ्नो ‘पीडा’ पोखे।  सुदूरपश्चिम चिनाउने सपना पूरा गर्न राम्रा तस्बिर चाहिने, र तस्बिर कैद गर्न राम्रो डीएसएलआर क्यामेराको खाँचो भएको भनेर सन्देश पोस्ट गरेको २/४ दिनमै उनका लागि १ लाख बढी रकम संकलन भयो। सामाजिक सञ्जाल प्रयोकर्ताबाट संकलन भएको १ लाख २५ हजार र स्थानीय तह तथा आफन्तबाट प्राप्त सहयोग समेत जोडेर १ लाख ९० हजार रुपैयाँमा क्यानन ‘९०डी’ क्यामेरा खरिद गरे।  

Village_Himali_Nepal_Himalaya_Bhatta_Pic1685091527.jpg
हिमाली क्षेत्रको गाउँ

०००

अपि र साइपाल हिमालको बेसक्याम्प पुगिसकेका उनले खप्तड, बडिमालिका र रामारोशनको पनि यात्रा पूरा गरेका छन्। डडेलधुराको अजयमेरु कोट लगायत ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको समेत भ्रमण गरेका छन्। 

अछामको रामारोशन क्षेत्र अझै ‘मज्जा’ले घुम्ने चाहना छ। ‘रामारोशन जतिपटक पुगे पनि अझै घुम्नुपर्छ भन्ने लाग्छ। काठमाडौंबाट फर्किएर फेरि त्यहाँ पुग्छु,’ हिमालयले सुनाए। 

Himal_Lake_Ramaroshan_Himalaya_Bhatta_Pic1685091525.jpg
रामारोशन क्षेत्र

सामाजिक सञ्जालमा फोटो राख्न थालेपछि युवामाझ लोकप्रिय ‘रुटिन अफ नेपाल बन्द’ लगायत पेजहरुले उनका तस्बिरलाई स्थान दिन थाले। अहिले त ‘रुटिन अफ नेपाल बन्द’ले उनका केही ‘प्रोजेक्ट’मा साझेदारी समेत गर्न थालेको छ। 

पहिले यात्रा गरेर भरपूर आनन्द लिनुपर्छ भन्ने मान्यता राख्ने हिमालय अहिले भने अरुले पनि आफूले जस्तै घुमून भन्ने चाहना राख्छन्। चिनिएका र नयाँ गन्तव्यका सुन्दर तस्बिर खिच्छन् र सञ्चालमार्फत् साझा गरिहाल्छन्। 

‘जसरी हुन्छ सुदूरको लुकेको सुन्दरतालाई सबैमाझ पुर्‍याउनुपर्छ  भन्ने ध्येय हो,’ उनी सुनाउँछन्। 

सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई। घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने प्रयत्नमा छन् उनी। 

‘हाम्रोतिर घुम्नु भनेको तीर्थयात्रा गर्नु हो भन्ने मान्यता छ। तीर्थयात्रा पनि गर्नुपर्छ। तर तीर्थ बाहेकका गन्तव्यमा पनि घुम्नुपर्छ। त्यहाँको भूगोल, संस्कृति बुझ्नुपर्छ भन्ने मान्यताको विकास अझै हुन सकेको छैन,’ हिमालय भन्छन्। 

गन्तव्य क्षेत्रमा पुग्ने पर्यटकका लागि अझै पनि बासको प्रबन्ध राम्रो हुन सकेको छैन। केही ठाउँमा पर्यटकलाई लक्षित गरी होटलहरु खुल्न थाले पनि त्यसमा स्थानीयबासीको प्रत्यक्ष सहभागिता अझै हुन नसकेको उनी बताउँछन्। 

‘बाहिरबाट आउने पर्यटकले सुन्दर भूगोलसँगै हाम्रो कला, संस्कृतिबारे पनि चासो राख्छन्। बुझ्न खोज्छन्, तर त्यसलाई हामीले पस्किन सकेका छैनौं,’ हिमालय भन्छन्। 

Badimalika_Bajur_Himalaya_Bhatta_Pic1685091524.jpg
बडिमालिका बाजुरा

कला र संस्कृतिलाई पर्यटनसँग जोड्न नसक्दा कयौं सस्कृतिहरु लोप हुँदै गएको बताउँछन् उनी। 

‘सुदूरपश्चिम मौलिक संस्कृतिको खानी नै हो। तर त्यसको प्रचार अझै हुन सकेको छैन। संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने सबैभन्दा बढी पर्यटक सुदूरपश्चिममा आकर्षिक हुन्छन्। अब हामीले त्यसतर्फ जोड दिनुपर्छ,’ हिमालय सुनाउँछन्। 

अबको उनको योजना पनि भौगोलिक सुन्दरतासँगै कला र संस्कृतिलाई संयुक्त रुपमा पस्किन खोज्ने छ। त्यसका लागि उनले केही स्थानीय तहसँग सहकार्य भइरहेको पनि जानकारी दिए। 

Cultural_Sudoorpashim_Dress_Himalaya_Bhatta_Pic1685091524.jpg
सुदूरपश्चिमको परम्परागत पहिरनमा सजिएका महिला

‘केही स्थानीय तहले आफ्नो ठाउँको सुन्दरता, कला र संस्कृतिको प्रचार होस् भनेर काम गर्न खोजेका छन्। जनप्रतिनिधिमा पनि पर्यटन संस्कृतिको चेत बढेको छ,’ हिमालय भन्छन्, ‘विस्तारै चेतना बढिरहेको त छ, तर जुन रुपमा हुनुपर्ने त्यसअनुसार भने अझै हुन सकेको छैन।’

राजनीतिक दलका नेता, नीति निर्माता र प्रशासकहरुमा पर्यटनको चेतना नहुँदा नेपालमा पर्यटन क्षेत्रको विकास हुन नसकेको उनको बुझाइ छ। 

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘राम्रो फोटो देख्यो भने सरकारी अधिकारी र सांसदहरुले त्यो फोटो हामीलाई दिनुहोस्, प्रयोग गर्छौं भन्छन्। तर पारिश्रमिक खोज्यो भने फोटोको पनि पैसा पर्छ र? भन्छन्। खासमा त्यसका लागि खर्च हुने श्रमको मूल्य नै हुन्न भन्ने बुझाइ छ। त्यसमा परिवर्तन भयो भने पर्यटन क्षेत्रले फड्को मार्छ।’

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्