• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुदूरको सुन्दरता पस्किरहेका फेरुवा

64x64
नेपाल लाइभ शनिबार, जेठ १३, २०८०  १५:१३
1140x725

सुदूरपश्चिमतिर ‘फेरुवा’लाई ‘बिना काम घुम्ने मान्छे’का रुपमा बुझ्छन्। तर दार्चुलाका हिमालय भट्टले भने त्यसैलाई आफ्नो ‘पहिचान’ बनाएका छन्। नाम पछाडि फेरुवा शब्द जोडेका उनी अचेल बिना काम भने डुल्दैनन्। उनको दैनिकी सुदूरका कुनाहरुमा लुकेको सुन्दरता खोज्दै बित्छ। 

उनी डुलिरहन्छन्। कहिले गहिरा खोँचहरुमा पुग्छन्, कहिले अग्ला डाँडाहरु उक्लिन्छन्। अँध्यारा खोँचबाट उज्याला हिमालका फेदीसम्म पुग्दा उनको क्यामेरामा दर्जनौं दृश्यहरु कैद हुन्छन्। तिनै दृश्यलाई उनले विभिन्न माध्यमबाट आमजनका लागि पस्किन्छन्। 

सामाजिक सञ्जालमा भइरल बनिरहने सुदूरपश्चिमका सुन्दर दृश्यमध्ये धेरैजसो उनकै क्यामेराले कैद गरेका हुन्छन्। 

Village_Nepal_Himalaya_Bhatta_Pic1685091528.jpg
अछामको एउटा गाउँ

‘घुम्दा मिल्ने आनन्दलाई शब्दबाट त कसरी बुझाउन सकिएला र? यो त महसुस हुने कुरा भयो। जो घुम्न निस्किन्छ, त्यसले घुम्दाको आनन्द महसुस गर्छ,’ केही दिन अगाडि काठमाडौंमा भेटिएका उनले यात्रा बारेको आफ्नो अनुभव सुनाए। 

धेरैले जिन्दगीलाई यात्रा मान्छन्। उनी भने यात्रालाई जिन्दगी मान्छन्। ‘यात्रा…? यात्रा नगर्ने मान्छे त बाँचेकै हुन्न जस्तो लाग्छ होउ!’ सामान्यत: इन्ट्रोभर्ट लाग्ने उनी यात्रानुभूति बाँड्न भने हृदयको अन्तरदेखि नै खुल्छन्।

गाउँ छाडेर उनको यात्रा पढाइ अगाडि बढाउन सुरु भएको थियो। महेन्द्रनगरमा एचए (हेल्थ असिस्टेन्ट) पूरा गरे। त्यसपछि घर फर्किए। 

‘जब स्कोप’का लागि राम्रो मानिएको एचए पढेका उनी गाउँमा त्यत्तिकै डुलेको देखेर आफन्त र गाउँलेले सोध्न थाले– फेरुवेइ जनि क्याइ डुलन्छै खाली? (काम नपाएजसरी किन डुल्छौ त्यत्तिकै?) 

त्यसपछि उनी लोकसेवा पढ्न भनेर काठमाडौं आए। 
   
गाउँमा ‘फेरुवा’को रुपमा गनिन थालिएपछि लोकसेवा पास गरेर जागिर खाने उद्देश्यसहित केन्द्रीय राजधानी छिरेका थिए। तर, काठमाडौंले उनीभित्रको ‘फेरुवापन’लाई झन् प्रस्फुटित बनाइदियो। 

Ncell 2
Ncell 2

लोकसेवाको तयारी कक्षा पढ्न जाँदा एकदिन साथीहरुबीच कालिञ्चोकको चर्चा भइरहेको सुनेछन्। ‘कहिले कालिञ्चोकमा हिउँ पर्ला र घुम्न जान पाइएला भनेर साथीहरु व्यग्र प्रतीक्षामा रहेको देखेँ। अनि गाउँको सम्झना आइहाल्यो। यहाँ मान्छेहरु हिउँको प्रतीक्षा गर्छन्। उता (दार्चुला)का डाँडाहरु ५–६ महिनासम्म हिउँले ढाकिएका हुन्छन्,’ काठमाडौंबाट फेरि गाउँतिरै पाइला मोड्नु पर्दाको स्थितिबारे हिमालय सुनाउँछन्, ‘केही दिनका लागि बिदा हुने भयो। काठमाडौंमा बस्नुभन्दा घरतिरै पुग्छु भनेर दार्चुला हिँडे।’

Himalaya_Bhatta_Feruwa_21685091526.jpg
हिमालय भट्ट

काठमाडौंबाट गाउँ पुगेपछि उनी घरमा त्यत्तिकै बसेनन्। झोलामा केही जोर लुगा बोकेर निस्किए। 

सिद्धटोपी धेरै सुन्दर छ भन्ने सुनेका थिए, गाउँकै केही दाइबाट। घरबाट निस्किएपछि सिद्धटोपीलाई गन्तव्य बनाएर पाइला अगाडि बढे। 

‘सिद्धटोपी पुगेपछि भने यहाँ किन पहिल्यै पुगेनछु भन्ने लाग्यो। त्यहाँको सुन्दरता, त्यहाँका स्थानीयको व्यवहार। सबैले आकर्षित गर्‍यो,’ हिमालयले आफ्नो पहिलो ‘औपचारिक’ यात्राबारे सुनाए।  

Siddha_Topi_Darchula_Himalaya_Bhatta_Pic1685091526.jpg
सिद्धटोपी दार्चुला

त्यसपछि त्यहाँको सुन्दरता आफूले मात्रै होइन, अरुले पनि देख्न पाउनुपर्छ भनेर फेसबूकमा पेज खोले– भिजिट दार्चुला। त्यही पेजमा फोटोहरु साझा गर्न थाले। धेरैबाट सकारात्मक प्रतिक्रिया मिल्यो। 

‘दार्चुलामा पनि यस्तो ठाउँ छ र? भनेर सोध्ने मान्छेहरु। त्यसपछि अझै अरु सुन्दर ठाउँको सुन्दरता दृश्यमा उतार्न मन लाग्यो,’ हिमालय सुनाउँछन्।

आँखाले देखेका सुन्दर दृश्यलाई दस्ताबेजका रुपमा उतार्न उनीसँग मोबाइल मात्रै थियो। क्यामेराको अभाव पहिल्यै खड्केको हो। तर किन्ने स्रोत थिएन। 

एकदिन त्यसै झोँक चल्यो र फेसबूकमा आफ्नो ‘पीडा’ पोखे।  सुदूरपश्चिम चिनाउने सपना पूरा गर्न राम्रा तस्बिर चाहिने, र तस्बिर कैद गर्न राम्रो डीएसएलआर क्यामेराको खाँचो भएको भनेर सन्देश पोस्ट गरेको २/४ दिनमै उनका लागि १ लाख बढी रकम संकलन भयो। सामाजिक सञ्जाल प्रयोकर्ताबाट संकलन भएको १ लाख २५ हजार र स्थानीय तह तथा आफन्तबाट प्राप्त सहयोग समेत जोडेर १ लाख ९० हजार रुपैयाँमा क्यानन ‘९०डी’ क्यामेरा खरिद गरे।  

Village_Himali_Nepal_Himalaya_Bhatta_Pic1685091527.jpg
हिमाली क्षेत्रको गाउँ

०००

अपि र साइपाल हिमालको बेसक्याम्प पुगिसकेका उनले खप्तड, बडिमालिका र रामारोशनको पनि यात्रा पूरा गरेका छन्। डडेलधुराको अजयमेरु कोट लगायत ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको समेत भ्रमण गरेका छन्। 

अछामको रामारोशन क्षेत्र अझै ‘मज्जा’ले घुम्ने चाहना छ। ‘रामारोशन जतिपटक पुगे पनि अझै घुम्नुपर्छ भन्ने लाग्छ। काठमाडौंबाट फर्किएर फेरि त्यहाँ पुग्छु,’ हिमालयले सुनाए। 

Himal_Lake_Ramaroshan_Himalaya_Bhatta_Pic1685091525.jpg
रामारोशन क्षेत्र

सामाजिक सञ्जालमा फोटो राख्न थालेपछि युवामाझ लोकप्रिय ‘रुटिन अफ नेपाल बन्द’ लगायत पेजहरुले उनका तस्बिरलाई स्थान दिन थाले। अहिले त ‘रुटिन अफ नेपाल बन्द’ले उनका केही ‘प्रोजेक्ट’मा साझेदारी समेत गर्न थालेको छ। 

पहिले यात्रा गरेर भरपूर आनन्द लिनुपर्छ भन्ने मान्यता राख्ने हिमालय अहिले भने अरुले पनि आफूले जस्तै घुमून भन्ने चाहना राख्छन्। चिनिएका र नयाँ गन्तव्यका सुन्दर तस्बिर खिच्छन् र सञ्चालमार्फत् साझा गरिहाल्छन्। 

‘जसरी हुन्छ सुदूरको लुकेको सुन्दरतालाई सबैमाझ पुर्‍याउनुपर्छ  भन्ने ध्येय हो,’ उनी सुनाउँछन्। 

सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई। घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने प्रयत्नमा छन् उनी। 

‘हाम्रोतिर घुम्नु भनेको तीर्थयात्रा गर्नु हो भन्ने मान्यता छ। तीर्थयात्रा पनि गर्नुपर्छ। तर तीर्थ बाहेकका गन्तव्यमा पनि घुम्नुपर्छ। त्यहाँको भूगोल, संस्कृति बुझ्नुपर्छ भन्ने मान्यताको विकास अझै हुन सकेको छैन,’ हिमालय भन्छन्। 

गन्तव्य क्षेत्रमा पुग्ने पर्यटकका लागि अझै पनि बासको प्रबन्ध राम्रो हुन सकेको छैन। केही ठाउँमा पर्यटकलाई लक्षित गरी होटलहरु खुल्न थाले पनि त्यसमा स्थानीयबासीको प्रत्यक्ष सहभागिता अझै हुन नसकेको उनी बताउँछन्। 

‘बाहिरबाट आउने पर्यटकले सुन्दर भूगोलसँगै हाम्रो कला, संस्कृतिबारे पनि चासो राख्छन्। बुझ्न खोज्छन्, तर त्यसलाई हामीले पस्किन सकेका छैनौं,’ हिमालय भन्छन्। 

Badimalika_Bajur_Himalaya_Bhatta_Pic1685091524.jpg
बडिमालिका बाजुरा

कला र संस्कृतिलाई पर्यटनसँग जोड्न नसक्दा कयौं सस्कृतिहरु लोप हुँदै गएको बताउँछन् उनी। 

‘सुदूरपश्चिम मौलिक संस्कृतिको खानी नै हो। तर त्यसको प्रचार अझै हुन सकेको छैन। संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने सबैभन्दा बढी पर्यटक सुदूरपश्चिममा आकर्षिक हुन्छन्। अब हामीले त्यसतर्फ जोड दिनुपर्छ,’ हिमालय सुनाउँछन्। 

अबको उनको योजना पनि भौगोलिक सुन्दरतासँगै कला र संस्कृतिलाई संयुक्त रुपमा पस्किन खोज्ने छ। त्यसका लागि उनले केही स्थानीय तहसँग सहकार्य भइरहेको पनि जानकारी दिए। 

Cultural_Sudoorpashim_Dress_Himalaya_Bhatta_Pic1685091524.jpg
सुदूरपश्चिमको परम्परागत पहिरनमा सजिएका महिला

‘केही स्थानीय तहले आफ्नो ठाउँको सुन्दरता, कला र संस्कृतिको प्रचार होस् भनेर काम गर्न खोजेका छन्। जनप्रतिनिधिमा पनि पर्यटन संस्कृतिको चेत बढेको छ,’ हिमालय भन्छन्, ‘विस्तारै चेतना बढिरहेको त छ, तर जुन रुपमा हुनुपर्ने त्यसअनुसार भने अझै हुन सकेको छैन।’

राजनीतिक दलका नेता, नीति निर्माता र प्रशासकहरुमा पर्यटनको चेतना नहुँदा नेपालमा पर्यटन क्षेत्रको विकास हुन नसकेको उनको बुझाइ छ। 

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘राम्रो फोटो देख्यो भने सरकारी अधिकारी र सांसदहरुले त्यो फोटो हामीलाई दिनुहोस्, प्रयोग गर्छौं भन्छन्। तर पारिश्रमिक खोज्यो भने फोटोको पनि पैसा पर्छ र? भन्छन्। खासमा त्यसका लागि खर्च हुने श्रमको मूल्य नै हुन्न भन्ने बुझाइ छ। त्यसमा परिवर्तन भयो भने पर्यटन क्षेत्रले फड्को मार्छ।’

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रुपैयाँ निरन्तर कमजोर
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्