काठमाडाैं– नेपाल विद्यार्थी संघले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन गरेको छ।
महिला तथा बालबालिका माथि भएको हिंसाको विरोध गर्दै प्रर्दशन गरिएको केन्द्रीय सदस्य शुशील भट्टले जानकारी गराए। राजधानीमा भएको विरोध प्रर्दशनमा दोषीलाई उन्मुक्ति दिने सरकारको नियत रहेको नेविसंघले आरोप लगाएको थियो।
सरकारले दुई तिहाईको दम्भमा निहत्था नागरिक माथि गोली चलाएको भन्दै सरकारको विरोध गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले दिएको अभिव्यक्तिप्रति पनि नेविसंघले आपत्ती जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।