काठमाडाैं-बिहान ११ बजेका लागि बाेलाइएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक ढिलाे गरी सुरु भएकाे छ। महासमिति बैठकको मिति र स्थान तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हाे। शनिबार अपरान्ह ४:१५ बजेमात्र सुरु भएको बैठकमा महासमिति बैठक कहिले र कहाँ गर्ने भन्नेबारे छलफल भइराहेकाे बताइएकाे छ।
गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। कांग्रेसले बनाएको विधान मस्यौदा समितिमा जिल्ला सभापति राख्ने/नराख्ने विवादले शुक्रबार डाकिएको बैठक स्थगित गरी शनिबारमात्र बस्न सकेकाे हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।