साेलुखुम्बु– सोलुखुम्बुको दूधकोशी गाउँपालिका–७, थानेखोलाका गंगाबहादुर मगरलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बाकुको गस्ती टोलीले घरबाट बन्दुक बरामद भएपछि मगरलाई पक्राउ गरेको हो। बन्दुक राखेको विशेष सूचना पाएपछि मगरको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
घट्नाको थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।