सप्तरी– सप्तरीमा खोलाले बगाएर ६० वर्षीय वृद्धको मृत्यु भएको छ।
खडग नगरपालिका ७ का पुष्पलाल तामाङको खडग खोलाले बगाएर मृत्यु भएको हो। कल्याणपुर स्थित बजार गएर घर फर्कने क्रममा शुक्रबार साँझ उनलाई खोलाले बगाएको थियो।
शनिबार बिहान करिब ४ किलोमिटर तल तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।