कञ्चनपुर- आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्युका कारण जनजीवन प्रभावित भएको छ। भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा शुक्रबा राति ८ बजेदेखि कर्फ्यु लगाइएको हो।
जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ। सरकारले जिल्लाका एसपी र सिडिओलाई सरुवा गरेर उच्चस्तरीय छानबिन समिति गठन गरेपनि आन्दोलन रोकिएको छैन।
कर्फ्यु सम्बन्धमा जिप्रकाले जारी गरेकाे सूचना:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।