सिन्धुली– सिन्धुलीमा पर्ने कमला खोलाले बगाएका एक जनालाई जीवितै उद्धार गरिएको छ। तीनपाटन गाउँपालीका–१ भुँगा घर भएका ५२ बर्षिया धनबहादुर आलेलाई उद्धार गरिएको हो।
आलेलाई कमलामाई नगरपालीका १० र ९ मा पर्ने स्थानबाट कमला खोलाले बगाएको स्थानीयले देखेपछि रेडक्रसलाई जानकारी गराईएको थियो। जानकारी प्राप्त हुनासाथ नेपाल रेडक्रस सोसाईटि रेडक्रस भिमान उपशाखाका सभापति यादव सुवेदीले उनकोे उद्धार गरेका हुन्।
आफूलाई जानकारी हुने बित्तिकै लाइफ ज्याकेटको सहायताले खोलाले बगाउँदै गरेको अवस्थामा धनबहादुरलाई उद्धार गरेको सुवेदीले बताए। उनले भने, ‘खोलाले अलि तल पुर्याई अड्काएको थियो, उद्धारका लागि जाँदै गर्दा फेरी खोलाले बगाएपछि आफूले खोलावारी तार्न नसक्ने जटिल परिस्थिति आएपछि कमलापारी डाडाँटोल नजिक पुगेपछि उद्धार गरेँ।’
ग्यास्टिक रोगबाट पीडित धनबहादुर उपचारका लागि जनकपुरतर्फ जान खोला तरेको परिवारले बताएको छ । उद्धारपछि उनकोे अवस्था सामान्य रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।