चितवन–चितवनको माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन्। राई बिहीबार गाईभैँसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए।
गाईभैँसी चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा शुक्रबार बिहान ११ बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।
आचार्यका अनुसार राई टाउको र एउटा फिला नभएको अवस्थामा भेटिएको र शव परीक्षणका लागि भरतपुर ल्याइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।