काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै केही दिन अघि उनलाई पक्राउ गरिएको थियो। यस्तै गुलरिया नगरपालिका बर्दियामा कार्यरत सहायक इञ्जिनीयर रमेशकुमार गौतमविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
स्थानीय क्याम्पसको एक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार घुस मागेको अभियोग गौतममाथि लागेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।