काठमाडौं – फिल्म ‘ब्ल्याक इयर’ निर्माण हुने भएको छ। भूकम्पबाट प्रभावित परिवारहरुको कथा समेटेर फिल्म निर्माण हुने भएको हो।
लक्षु गौतमको निर्देशन तथा योगेन्द्र पनेरुको निर्माण रहने फिल्म आइतबारबाट छायांकनका लागि फ्लोरमा निस्कनेछ। निर्देशक लक्षुको फिल्म ‘ब्ल्याक इयर’ निर्देशकीय हिसाबले दोस्रो हो। उनले यसअघि ‘तँ म र ऊ’को निर्देशन गरेकी थिइन्।
सुरेन्द्र बुढाथोकी र रश्मि शाहको मुख्य भूमिका रहने फिल्ममा उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहने छ।
फिल्मलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक गौतमले बताइन्।
फिल्म २०७६ बैसाख १२ गतेबाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।