काठमाडौं– श्रीराम टोबाको उद्योग प्रालि बुटवलबाट उत्पादित करेन्ट गुट्खाको हुबहु नक्कल गरी उत्पादन गर्ने दुई उद्योगमा प्रहरीले छापा हानेको छ।
काठमाण्डौको तारकेश्वर नगरपालिका–१०, बोहराटार र सितापाईला स्थित उद्योग तथा कालीमाटी र चमतीस्थित गोदाममा छापा मारी प्रहरीले नक्कली गुट्खा बरामद गरेका हो।
प्रहरीले करेन्ट गुट्खा बनाउने मेसिन, कच्चा पदार्थ, खाली खोलहरु,नक्कली स्टिकर, ठूलो परिमाणमा बुधबार तयारी अवस्थाका नक्कली गुट्खा बरामद गरेको छ। ती उद्योग र गोदामहरुमा छापा मारेकै दिन थानकोट चेकपोष्टमा बा १० च ४७२२ नम्बरको मारुती भ्यानबाटबजारमा बिक्रि बितरणका लागि लैजादै गर्दाको अवस्थाम नक्कली करेन्ट गुट्खा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सुर्तीजन्य पदार्थको मुलय करिब तीन करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। अवैध रुपमा गुट्खा उद्योग सञ्चालन गर्दै आएका दुई भारतीय नागरिक पक्राउ परेको महानगरीय प्रहरि परिसर काठमाण्डौका प्रवक्ता डिएसपी मोहन थापाले बताए।
उपत्यका बाहिर ओम ट्रेडर्सका सञ्चालक शिवनारायण शाहले श्रीराम टोबाको उद्योगद्धारा उत्पादित भोला गोल्ड गुट्खा आफ्नै नाममा रहेको को १ च ७३८३ नम्बरको टाटा सुमोमार्फत बजारमा बिक्रि बितरण गरिरहेकै अवस्थामा राजस्व अनुसन्धान कार्यालय ईटहरीले पक्राउ गरि थप अनुसन्धान अघि बढाएको छ।
शिवनारायण शाह पक्राउ परेकै दिन उनका सहोदर दाई नागेश्वर शाहले सञ्चालन गर्दै आएको राजबिराज स्थित नागमणि किरानामा छापा मार्दा नक्कली स्टिकर र नक्कली भोला गोल्ड गुट्खाहरु फेला परेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।