काठमाडौं- महासमिति बैठकको मिति तय गर्न आज डाकिएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ।
बिहान ११ बजे डाकिएको बैठक नेताहरुका आ–आफ्नै बैठकले प्रभावित भएको हो। कार्य सम्पादन समिति र अनुशासन समितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक सुरु हुन नसकेको एक केन्द्रीय सदस्यले बताए। बैठक भोलि बिहान ११ बजेका लागि तोकिएको छ।
बिहीबार चयन भएको विधान मस्यौदा समितिमा पौडेल समूहले आपत्ति जनाएको छ। ९ सदस्यीय हुनेगरी पूर्व निर्धारित निर्णय विपरीत सभापतिले आफ्नो पक्षका दुई सदस्य थपेको भन्दै उनले आपत्ति जनाएका छन्। विधान मस्यौदा समिति गठनप्रति असहमति राखेको पौडेल समूहको बिहान छुट्टै छलफल भएको थियो।
बिहान बसेको मस्यौदा समितिको पहिलो बैठकमा पौडेल पक्षका दिलेन्द्र प्रसाद बडु, नवीन्द्रराज जोशी र कृष्ण सिटौला पक्षका प्रदीप पौडेल अनुपस्थित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।