काठमाडाैं–महासमिति बैठकको मिति तय गर्न डाकिएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु हुन सकेको छैन।
बिहान ११ बजे डाकिएको बैठक समुहका आ–आफ्नै बैठकले प्रभावित भएको छ। कार्य सम्पादन समिति र अनुशासन समितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक शुरु हुन सकेको छैन। पार्टी केन्द्रीय कार्यालयमा संस्थापन पक्षको पार्टी सभापतिको कार्य कक्षमा छलफल चलिरहेको छ भने अर्को तर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छलफल उनको कार्य कक्ष मा चलिरहेको छ।
बिहीबार चयन भएको विधान मस्यौदा समितिमा पौडेल समुहले आपत्ति जनाएको छ। ९ सदस्यीय हुने गरी पूर्व निर्धारित निर्णय विपरीत सभापतिले आफ्नो पक्षका दुई सदस्य थपेको भन्दै आपत्ति जनाएका छन्। विधान मस्यौदा समिति गठनप्रति असहमति राखेको पौडेल समुहको बिहान छुट्टै छलफल भएको थियो।
बिहान बसेको मस्यौदा समितिको पहिलो बैठकमा पौडेल पक्षका दिलेन्द्र प्रसाद बडु,नविन्द्र राज जोशी र कृष्ण सिटौला पक्षका प्रदीप पौडेल अनुपस्थित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।