• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

प्रागमा एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन सम्पन्न [घोषणापत्र सहित]

64x64
नेपाल लाइभ सोमबार, वैशाख २५, २०८०  १८:३७
1140x725

प्राग- गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलन चेक गणतन्त्रको राजधानीमा १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै आइतबार राती सम्पन्न भएको छ।

तीन दिने युरोप क्षेत्रीय बैठकको उद्घाटन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए। नेम्वाङले नेपालको संविधान निर्माणमा गैरआवासीय नेपालीहरुको समेत भूमिका रहेको बताउँदै समयानुकूल संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए।

उनले गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्तिहरू एक हुनुपर्नेमा जोड पनि दिए। नेकपा माओवादीका सांसद खिमलाल देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको बताए।

समापन समारोहलाई प्रमुख अतिथिको रुपमा परराष्ट्र मंत्री नारायण प्रकाश साउदले नेपालको संविधानमा उल्लेखित  गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए। उनले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने र एनआरएनहरुका समस्यालाई कानूनी फ्रेमवर्कभित्र राखेर समाधान गरिने जनाए।

नेपालमा कृषि, शिक्षा, स्वास्थ्य थप लगानी गर्न उनले आह्वान गरे। त्यस्तै प्रवासी नेपालीहरुको ज्ञान, सीप अनुभव र उद्यमशीलता नेपालको लागि उत्तिकै महत्वपूर्ण रहेको पनि उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए। उनले आगामी दशैँ, तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता पनि ब्यक्त गरे।

एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा बद्रि केसीले गैरआवासीय नेपालीहरुका लागि छुट्टै ऐनआरएनए मन्त्रालयको स्थापना गरेर प्रवासी नेपालीका समस्याको समाधान गर्न नेपाल सरकारसंग माग गरे। उनले संगठनलाई विधान तथा सदस्यहरुको भावना अनुसार चलाउनु पर्नेमा जोड दिए।

एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लगायतका बिषय सम्बोधन गर्नमा भएको ढिलाईले प्रवासका नेपालीले धेरै समस्या भोगिरहेको बताए। उनले संविधानमा उल्लेख भएको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउन नसकेकोमा दुख व्यक्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

'एनआरएनहरुले आन्दोलन गर्ने हो भने देशको आर्थिक स्थिति कहाँ पुग्छ? प्रधानमंत्रीले ६ महिनामा गर्छु भन्नु भएको छ। छिटो भन्दा छिटो गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याईयोस,' उनले भने। आफूहरुले दोहोरो नागरिकताको माग नछाडेको पनि उनले बताए।

सम्मेलनमा संघका नियमित अजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष, संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा छलफल भएको थियो।

प्राग घोषणापत्रको पूर्ण पाठ :

गैरआवासीय नेपाली संघ १५ औँ युरोप क्षेत्रीय सम्मेलन 
प्राग घोषणापत्र 
५, ६ र ७ मे २०२३, चेक रिपब्लिक 

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ यूरोप क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७, २०२३ मा भब्यरुपमा सम्पन्न भयो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश  (एन पी० साउद), विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समितिहरुबीचको सञ्जालको बारेमा छलफलभयो ।   सम्मेलनमा राष्ट्रिय समितिको प्रतिवेदन, महिला सम्मेलन, एनआरएनहरुबिच ब्यापक एकता (मिलाप), एनआरएनए मेगा प्रोजेक्ट, नेपाल प्रबर्धन, रु १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो ।   विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएको उक्त सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्नानुसारको  प्राग घोषणापत्र जारी गरिएको छ : 
१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ८ वर्ष पछि  पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरुको चासो रहेको  नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ । 
२) गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनपश्चात समानान्तर गतिविधि गरिरहेका एनआरएनहरुलाई  हाल भैरहेको वार्ताका  माध्यमबाट मूलधारमा समाहित भई एकताको एघारौ महाधिवेशनमा सहभागी  हुन योसम्मेलन हार्दिक अपिल गर्दछ । 
३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।    
४) आगामी अक्टोबर ९ देखि ११, २०२३ सम्म काठमाण्डौंमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि संघको सदस्यता संघले तय गरेको एमआइएस प्रणाली (MIS System) मार्फत वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ । 
५) युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेगा प्रोजेक्टहरुलाई सफलतापूर्बक अघि बढाउनुको साथै सडक बालबालिकालाई सहयोग, पढ्दै कमाउंदै जस्ता कार्यक्रमहरु लक्षित समुदायमा शिघ्र शुरु गर्ने प्रतिबद्धता जनाउंदछ ।
६)  एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पु-याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरुलाई सम्बोधन गर्दै यसमा सहभागिताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलनमार्फत प्रतिबद्धता जनाउंदछ ।  सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरुको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ । 
७) नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।  
८) नेपाली दूतावास नभएका मुलुकहरु पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लिक लगायतका देशहरुमा नेपाली राजदूतावास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ ।   साथै युरोप क्षेत्र भित्रपर्ने आपत्कालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा एनआरएनए फाउण्डेसनमार्फत एक अक्षयकोष स्थापना गर्ने निर्णय गर्दछ । 
९) विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्विया लगायतका मुलुकमा भइरहेको अवैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ । 
१०)  गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरुलाई हार्दिक अपिल गरिन्छ । 
११)  नेपाल सरकारद्वारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरुलाई  सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएकोप्रति यो सम्मेलन नेपाल सरकारलाई  हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गैरआवासिय नेपालीलाई सो कोषमा आबद्ध हुन यो सम्मेलन आह्वान गर्दछ।   
१२)  विश्व युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी  संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उद्देश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ। क्षेत्रिय सम्मेलन – बैठकलाई प्रभावकारी र समयानुकूल परिमार्जन गर्दै उन्नत बनाउन युवाहरुले गर्नु भएको ध्यानाकर्षणबारे यो सम्मेलन गम्भीर हुंदै महत्वका साथ ग्रहण गर्दछ ।  
१३)  संघको आगामी १६ औँ  यूरोप क्षेत्रिय सम्मेलन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको आतिथ्यमा आगामी २०२४ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ ।
१४) अन्त्यमा, यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरु, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार,पत्रकारलगायत आयोजक राष्ट्र एनसीसी चेक रिपब्लिक सहित विश्वभरि  रहनुभएका गैरआवासीय नेपाली जनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। 

Xtrem

Xtrem

गैरआवासीय नेपाली संघ
आइतवार, ७ मे  २०२३

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्