काठमाडौं – गीतकार नीरप्रसाद गुरुङको नयाँ एल्बम ‘जुनी’ सार्वजनिक भएको छ। नेपाली गीतसंगीत क्षेत्रमा नयाँ प्रयोगस्वरुप एल्बम ‘जुनी’मा एउटै रचनामाथि फरक संगीत गरिएका गीत समेटिएकाे छ।
‘गीत एक संगीत अनेक’ नाम दिइएको यस प्रकारको सांगितिक प्रयोग नेपाली संगीत क्षेत्रका लागि नयाँपन भएको गुरुङले बताए। ४ वटा गीत समावेश गरिएको एल्बममा गुरुङकाे अाफ्नै संगीत छ।
‘यो जुनीमा बाँचुन्जेलसम्म...’बोलको उक्त एक गीतमा गुरुङले ४ प्रकारको संगीत भरेर ४ वटा गीतहरु निर्माण गरेका हुन्। जसअनुसार पहिलो गीतमा गायक स्वरुपराज आचार्यले स्वर भरेका छन् भने दोस्रो गीतमा राजेश पायल राई र पबित्रा गुरुङको स्वर सुन्न सकिन्छ। त्यसैगरी तेस्रो र चौथो गीतमा क्रमश मिलन अमात्य र प्रमोद खरेललेले स्वर दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।