काठमाडौं– भदौ १४–१५ मा हुन गइरहेको विमस्टेककाे चौथो शिखर सम्मेलनमा भाग लिन भुटानबाट प्रधानन्यायाधीश नेपाल आउने भएका छन्।
प्रधानन्यायाधीशलोङपो छिरिङ वाङडचु आउने भएका छन्। उनी कामचलाउ सरकारका प्रमुख सल्लाहकार हुन्। उनले नै हाल त्यहाँ सरकारको नेतृत्व गरेका हुन्।
सम्मेलनमा अन्य देशका राष्ट्र प्रमुखहरु सहभागी हुने भएपनि भुटानमा सरकार काम चलाउ मात्र रहेकाले प्रधानन्यायाधीशले भाग लिने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनपछि म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन्। सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार काठमाडौं उत्रने छन्।
त्यसैगरी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना सम्मेलन सकिएपछि शनिबार लुम्बिनी जाने छन्।
उक्त सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ ता र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद पनि काठमाडौ आउँदै छिन्।
आगामी १४ र १५ भदौमा काठमाडौंमा बिमस्टेक सम्मेलन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।