काठमाडौं – शुक्रबारबाट नेपाली हलहरुमा २ नेपालीसहित ३ वटा फिल्महरुले प्रवेश पाएका छन्। विकास अचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ५’ र गिरिस रिजालको निर्देशनमा तयार फिल्म 'रेनी' प्रदर्शनमा आएका हुन्।
नाइ नभन्नु ल ५
‘नाइँ नभन्नू ल ५’ शुक्रबारबाट देशैभरका हलहरुमा प्रदर्शनमा आएको छ। यसअघि सार्वजनिक फिल्मका गीतसंगीत र ट्रेलरबाट दर्शकमाझ प्रतिक्षित बनेको फिल्मले शुक्रबार मात्र १ सय २० वटा शाे पाएको छ।
सामिप्यराज तिमिल्सिनको कथा/लेखन तथा विकास आचार्यकै निर्माण रहेको फिल्ममा बाल कलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा, निरुता सिंह, दीलिप रायमाझीका साथमा अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ।
'फेमिली ड्रामा बेस'मा बनेकाे फिल्ममा बाल कलाकार सेड्रिना र अभिषेकको भने 'डेव्यू' अभिनय हो।
रेनी
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘रेनी’ पनि शुक्रबारबाटै प्रदर्शनमा आएको छ। गिरिस रिजालको निर्देशन रहेको फिल्मलाई बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको हुन्।
सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतका कलाकारको अभिनय रहेको फिल्ममा अभिनेत्री सनम मल्लको कथा/लेखन रहेको छ। फिल्ममा अभिनेत्री सनमको भने 'डेव्यू' अभिनेत्रीका रुपमा देखिएकी छिन्।
ह्याप्पी फिर भाग जाएगी
यसैगरी शुक्रबारबाट कमेडी बलिउड फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ पनि प्रदर्शनमा आएको छ। सन् २०१६ मा अाएकाे ‘ह्याप्पी भाग जाएगी’को 'सिक्वेल'का रुपमा रहेको यस फिल्मलाई मुडास्सार अजिजले निर्देशन गरेका हुन्।
फिल्ममा अभिनेत्री सोनाक्षी सिन्हा मुख्य भूमिकामा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।