काठमाडौं – ‘हामी सबै सृजनशिल महिलाको एउटै नारा, सिप सिकौं, उधम गरौं, आत्मनिर्भर बनौं सारा’ भन्ने मूल नाराकासाथ काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट १७औँ तीज व्यापार मेला सुरु भएको छ। महिला सिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा उक्त ‘बृहत तीज व्यापार मेला’सुरु भएको हो।
महिला उद्यमीहरुद्धारा सञ्चालित तथा स्वदेशी र विदेशी उत्पादनहरुको बजारिकरणका साथै नेपाली महिलाहरुको नजिँकिदो पर्व तीजमा एउटै छातामुनि सम्पूर्ण वस्तुहरुको उपलब्धताका लागि महोत्सवको अयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष मिलु थापाले बताइन्।
महिला पोशाक, साडी, चुरा, पोते, सजावटका सामग्री, नेपाली घरेलु उत्पादन लगायत गरी करिब २ सय बढी स्टल रहेकाे मेला आउँदो भाद्र १० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा अवलोकन कर्ताहरुका लागि निशुल्क फोटो सुट, मेहन्दी आर्ट तथा निशुल्क हेयर कटिङको व्यवस्था गरिनुका साथै निशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।