एजेन्सी– बलिउड फिल्म ‘कृस ४’मा अभिनेत्री प्रियंका चोपडा अनुबन्धित भएकी छिन्। अभिनेता सलमान खानले अभिनय गर्ने फिल्म 'भारत'बाट हात झिकेकी प्रियंकाले अब भने ऋतिक रोशनसँगै ‘कृष ४’मा स्क्रिन सेयर गर्ने भएकी हुन्।
यसअघि ऋतिक र प्रियंकाको जोडी फिल्म 'कृस ३' मा पनि एकसाथ देखिएको थियो।
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार अहिलेसम्म फिल्मका लागि प्रियंका र ऋतिक बाहेक अन्य कलाकारहरुको टुंगो लागेको छैन। तर, फिल्मका लागि अभिनेत्रीको तय भएसँगै अन्य स्टार कास्टहरुको पनि औपचारिक घोषणा गरिने बताइएकाे छ।
सन् २०१९ को सुरुवातबाट छायांकनमा जाने फिल्म ‘कृस ४’ सन् २०२० मा प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।