काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा १७औं तीज महोत्सव सुरु भएको छ।
नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७औं तीज महोत्सव बिहीबारबाट सुरु भएको हो। ४ दिनसम्म चल्ने महोत्सवमा तीजका सामग्रीहरु विशेष छुटको साथ पाउने व्यवस्था गरिएको महोत्सव व्यवस्थापक पशुपति केसीले जानकारी दिए।
महोत्सवमा २ सय भन्दा बढी स्टल राखिएका छन्। करिब ६० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा तीजका पहिरनसहितका सामग्रीहरुलाई विशेष प्राथमिकताका साथ राखिएका छन्।
महोत्सवको उद्घाटन गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पनि रुचिपूर्वक सबै स्टलहरुको अवलोकन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।