• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कसरी बच्ने स्तन क्यान्सरबाट?

डा रिता महासेठ बुधबार, वैशाख १३, २०८०  ०९:०३
1140x725

नेपालमा स्तन क्यान्सरबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ। महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो। नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिन्छ। अस्वस्थकर जीवनयापन, विभिन्न खाले औषधिहरूको प्रयोग, बच्चालाई स्तनपान यथेष्ट मात्रामा नगराउने, आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने जस्ता कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ।

प्रारम्भिक चरणमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्णरूपमा बच्न सकिन्छ। तर, नेपालमा स्तन क्यान्सर भएका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल आईपुग्छन्। नेपालमा स्तन क्यान्सरबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ। हाम्रो शरीर साना साना कोशिकाहरूले मिलेर बनेको हुन्छ। यस्ता कोशिकाहरूको आफ्नै खाले जीवनचक्र हुन्छ। सो चक्रमा विविध कारणले असमन्जस्यता आउँदा कोशिकाहरूको अनियन्त्रित वृद्धि हुन पुग्छ, जसलाई हामी क्यान्सर भनेर बुझ्दछौ। क्यान्सर प्राणघातक रोगमा पहिलो नम्बरमा पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा मात्रै करोड भन्दा ज्यादाको ज्यान क्यान्सरका कारणले गएको छ।

Rita_Mahaseth1682479195.jpg
डा रिता महासेठ

नेपालका सन्दर्भमा पनि क्यान्सरबाट हुने मृत्युको सङ्ख्या बढ्दै गइरहेको छ। स्तनमा भएका कोषकोशीकामा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। स्तन या काखीमा नदुख्ने गिर्खा आउनु स्तन क्यान्सरको मुख्य लक्षण हो। त्यसको साथै स्तनको मुन्टो गाडिनु, स्तनमा भएको घाउ निको नहुनु, स्तनको मुन्टोबाट फोहोर पानी आउनु, स्तनको आकारमा परिवर्तन आउनु, स्तनको बाहिरी छालामा परिवर्तन हुनु यसका लक्षणहरू हुन्। त्यसैले यस्तो केही समस्या भएमा समयमै डाक्टर कहाँ जानू जरुरी छ।

स्तन क्यान्सरका धेरै कारणहरू छन्। यदि परिवारमा कसैलाई क्यान्सर छ भने जिनबाट सो क्यान्सर सन्ततिमा आउने धेरै सम्भावना हुन्छ। अर्को हर्मोनल कारण पनि हुन्छ जस्तो छिटो महिनावारी भएका महिलाहरूलाई र ढिलो सम्म महिनावारी नसुकेका महिलाहरूमा यसको सम्भावना हुन्छ। साथै, जसले बच्चालाई स्तनपान गराउँदैनन्, उनीहरूलाई पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ। गर्भनिरोधक चक्कीहरूको सेवनले समेत स्तन क्यान्सरको जोखिम बढाउँछ। ढिलो बिहे गर्ने, ढिलो बच्चा पाउने, जङ्क फुडहरू धेरै खाने, बोसो भएको खानेहरू खानाले, कसरत, योगा नगर्ने बानीले पनि स्तन क्यान्सर हुन सक्छ। आजको समाजमा बच्चा नजन्माउने, जन्माए पनि ढिला जन्माउने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ। यस्तो जीवनशैलीले हार्मोनल डिसअर्डर निम्त्याउन सक्छ, जसले अन्ततः क्यान्सरको रूप लिने हुन्छ। अहिलेको समयमा स्तन बढाउनेरघटाउने कस्मेटिक प्रोडक्टहरूको प्रयोगले समेत क्यान्सर हुन सक्छ। धूम्रपान र मद्यपानको सेवन पनि स्तन क्यान्सरको लागि घातक चिज हो।

पुरुषमा पनि निक्कै कम मात्रामा स्तन क्यान्सर हुन्छ। कुल स्तन क्यान्सरको करिब १५ स्तन क्यान्सर पुरुषमा देखिने तथ्याङ्कले बताउँछ। पुरुषहरूमा पनि महिलाहरूमा जस्तै स्तनको आकारमा परिवर्तन आउने, स्तनको मुन्टो गाडिने, गिर्खा आउने जस्ता लक्षणहरू देखापर्छ। हामीले आफ्नो स्तन घरमै जाँच गर्न सक्छौँ। महिनावारी भएको पाचौं दिन पछि ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफैँले गर्न सकिन्छ। आफैँले आफ्नो स्तन र काखीमुनि छाम्ने, निचोर्ने, स्तनको आकार बराबर छ कि छैन हेर्ने गर्नु पर्छ। यसलाई ‘सेल्फ ब्रेस्ट एग्जामिनेसन’ भनिन्छ। यसो गर्दा आफुलाई केही असहज महसुस भएमा तुरुन्तै डाक्टरकोमा गइहाल्नु पर्छ। परिवारमा कसैलाई क्यान्सर छ भने परिवारका अन्य सदस्यले नियमित जाँच गराउनु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

हलिउड नायिका एन्जेलिना जोलीको उदाहरण यहाँ सान्दर्भिक हुन्छ। उनकी आमालाई स्तन क्यान्सर भएको र आफूमा पनि पोजेटिभ देखिएकाले उनले आफ्नो स्तनलाई काटेकी थिइन्। यसरी जिन टेस्ट गराउँदा भविष्यमा हुनसक्ने क्यान्सरबाट बच्न सकिन्छ। समयमै बच्चा जन्माउने, यथेष्ट स्तनपान गराउने, अनावश्यक हर्मोनल औषधिको प्रयोग नगर्ने जस्ता क्रियाकलापले पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ। साथै, नियमित व्यायाम गर्ने, बोसोरहित खाने कुरा खाने गर्नु पर्छ।

स्तन क्यान्सरको उपचार विधि क्यान्सरको स्टेज हेरेर निर्धारण गरिन्छ। उनीहरूको चरण हेरेर आवश्यकता अनुसार शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापीबाट स्तन क्यान्सरको उपचार गर्न सकिन्छ। रोगको प्रकृति हेरेर डाक्टरले उपयुक्त उपचार विधिको चयन गर्ने गर्दछन्।

गर्भअवस्थामा स्तन क्यान्सर भएमा पहिले बच्चा जन्मिन दिइन्छ अनि मात्रै उपचार सुरु हुन्छ। नेपालीहरू क्यान्सर लाग्ने बित्तिकै डराउने, नेपाली डाक्टरलाई विश्वास नगरी भारत तथा अन्य देश जाने गर्छन्। रोग लाग्ने बित्तिकै हडबडाएर महँगा  अस्पताल धाउने परिपाटी नेपालमा पनि विद्यमान छ। नेपालका डाक्टरसँग परामर्श नगरीकन यसरी हतारो गर्दा धन र जन दुबैलाई असर परिरहेको देखिएको छ। क्यान्सरको उपचारको निमित्त अन्तर्राष्ट्रिय स्तरको गाइडलाइन हुन्छ, जसलाई फलो गरेर नै हामी उपचार गर्ने गर्छौँ। यसबारेमा जनचेतना फैलाउने काम भयो भने उस्तै उपचारकै निमित्त विदेश धाउने परिपाटीको अन्त्य हुन पुग्छ।

Xtrem
Xtrem

क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन। क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ। क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ। केही समस्या भएमा तुरुन्तै अस्पताल जाउँ। जति छिटो रोग पत्ता लाग्छ, उपचार त्यति नै सजिलो हुन्छ। त्यसैले क्यान्सरको बारेमा बुझौँ। यसका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूको साथ र सहयोग चाहिन्छ। यो एउटा टिम एफोर्ट पनि हो। हामी सबै मिलेर काम गर्यौँ भने क्यान्सरलाई हराउन सकिन्छ। यसका साथसाथै बिरामीको मानसिक, सामाजिक र अन्य पाटोमा पनि काम गर्नुपर्ने हुन्छ।

(अन्कोलोजिस्ट डा रिता महासेठ नेपाल प्रहरी अस्पताल र मेडीकेयर अस्पतालमा कार्यरत छिन्।)

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्