एजेन्सी- विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका राष्ट्रबीचको व्यापारिक तनाव झन् गहिरिँदै गइरहको छ। अमेरिकाले आगामी बिहिबारबाट लागू हुने गरी थप १६ अर्ब डलर बराबरको चिनीयाँ आयातमा २५ प्रतिशत कर लगाउने तयारी गरेको हो। यसअघि अमेरिकाले चीनबाट आयात हुने ३४ अर्बको व्यापारिक कारोबारमा आयात कर लगाउँदै आएको थियो।
लगत्तै चीनले पनि सोही परिमाण बराबरको आयातमा कर लगाएर प्रतिकार गरेको थियो । ठूला अर्थतन्त्र भएका दुई देशबीच आयात कर लगाउने प्रतिस्पर्धा बढ्दै गएपछि व्यापारिक युद्ध थप जटिल बन्दै गएको छ।
सन् २०१६ मा भएको निर्वाचनमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले व्यापार घाटा कम गर्न संरक्षणवादको नीति लिएका थिए। स्वदेशी उत्पादन प्रोत्साहन गर्न र विदेशी सामग्रीको प्रयोग निरुत्साहित गर्न उनले उक्त नीति अख्तियार गरेका थिए।

गत जुलाई महिनाबाट अमेरिकाले ३४ अर्ब बराबरका चिनीयाँ सामग्रीको आयतमा कर लगाइएको थियो। दोस्रो चरणको आयात कर नीति अन्तर्गत थप १६ अर्ब बराबार आयात हुने रसायनिक पदार्थ, कृषि उपकरण र मोटरसाइकल लगायत २ सय ८० वस्तुमा कर कर लागउने निर्णय गरेको छ। आगामी बिहीबार चिनियाँ समयअनुसार अपरान्ह १२ बजेबाट थप गरिएका वस्तुमा कर लगाइने वाशिंटनका अधिकारीहरुले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।
प्रत्युत्तरमा चीनले पनि सोही बराबरको अमेरिकी आयतमा कर लागउने अपेक्षा गरिएको छ। उसले कोइला, मेडिकल उपकरण र कार तथा बसमा प्रयोग हुने उपकरणमा २५ प्रतिशत नै आयात कर लगाउन सक्ने विश्लेषण गरिएको छ।
गत २३ मार्चमा अमेरिकाले पहिलो पटक चिनबाट हुने आयातमा कर लगाएको थियो। १५ जुनमा ५० अर्ब डलर पु¥याउने प्रस्ताव अमेरिकाले गरेको थियो। थप आयात कर लगाउने योजना उसले निरन्तर बनाइरहको छ । १८ जुनमा चीनबाट हुने २ खर्ब डलर बराबरको आयातमा कर लगाउने प्रस्ताव गरिसकेको छ।
उता चीनले भने २ अप्रिलबाट अमेरिकी आयातमा कर लगाउन थालेको हो। अमेरिकाले ५० अर्ब डलर बराबरको चिनीयाँ आयातमा कर लगाउने प्रस्ताव गरेपछि उसले पनि सोही परिमाणको कर लगाउने प्रस्ताव ४ अप्रिलमा गरेको थियो। ६ जुलाईबाट दुवै राष्ट्रले ३४ अर्ब बराबरको व्यापरिक आयातमा कर लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।