काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्तले बा३६प ८५३२ नंको मोटरसाइकल चोरी गर्ने गोरखाका १९ वर्षीय रामबहादुर मगराती र गोरखाकै २० वर्षीय ईश्वर श्रीमललाई पक्राउ गरेको हो।
प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा धादिङ घर भई सीतापाइला बस्ने दीपक भण्डारीको रोकेर राखेको मोटरसाइकल हराएको भन्ने खबर पाएपछि खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।