कञ्चनपुर- कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेका छन्। कल्भर्ट नजिकै खेल्ने क्रममा पानीमा खस्दा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।
पानीमा खसेपछि स्थानीय बासिन्दाले उद्धार गरेर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्य भएको प्रहरी निरीक्षक अवस्थीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।