काठमाडौं– ललितपुरमा पसलमा बेच्न राखिएको सिसाले काटेर एक व्यक्तिको मृत्यु भएको छ। बल्खु सुन्दरीघाटस्थित चाइनिज कार्यालयमा काम गरी बस्ने चाइनिज नागरिक २५ वर्षीय लेन जोनको सिसाले काटेर मृत्यु भएको हो।
कार्यालयमा चाङ लगाई राखेको सिसाहरू बुधबार जाँच गर्ने क्रममा अचानक सिसाको चाङ खसेर काट्दा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।