काठमाडौं– नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरूले आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर समितिले युएसएआईडी मार्फत मानवशास्त्र संकायका प्राध्यापकहरूले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हो।
नेविसंघ त्रिभुवन समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरूले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए। उनले भने,‘हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरू विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ भन्ने हो।
अध्ययन अनुशन्धानमा विभागहरू क्रियाशील हुनुपर्छ भन्ने हो ।’उनले थपे ‘त्रिविको लोगो र स्ट्यामसमेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन्।’ त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका रहेको नेविसंघ इकाइको दाबी छ ।
आचार्यले भने ‘नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो?आर्थिक दुरुपयोगका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न आग्रह गरे। छलफलका लागि आग्रह गर्दा मानव संकाय प्रमुख प्रा.डा.लयप्रसाद उप्रेती राजिनामा दिएर पन्छिएको बताए।
त्रिविको हितविपरित विदेशी संस्थाहरूबाट आएका प्रोजेक्टहरू त्रिविका पदाधिकारीहरूले अस्वीकार गर्न नेविसंघ इकाइको माग छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।