काठमाडौं– अनामनगर तथा घट्टेकुलो क्षेत्रका होस्टलहरुमा बुधबार अनुगमन भएको छ। प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा नेपाल होस्टल एशोसियसनका प्रतिनिधिहरुले अनुगमन गरेका हुन्।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी काजीकुमार आचार्यका अनुसार अनुगमन गरिएका होस्टलमा सुरक्षाका दृष्टिकोणले कुनै समस्या भेटिएन। कतिपय होस्टल मापदन्ड अनुसार सञ्चालन नभएकाले सुधार गर्न स्थानीय तहका प्रतिनिधि तथा संघका पदाधिकारीले निर्देशन दिएका छन्। केही होस्टलमा सरसफाईको समस्या देखिएको छ।
होस्टलमा हुन सक्ने बिकृती रोक्न प्रहरीले ‘टोल टोलमा प्रहरी अभियान’ अन्र्तगत होस्टल अनुगमन गरेको हो। होस्टलमा अनुगमनको अभियानलाई जारी राखिने सिंहदरबार वृत्तका डिएसपी आचार्यले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।