ललितपुर– आगामी शुक्रबारदेखि ललितपुरमा तीन दिने महिला उद्यमी मेला आयोजना हुने भएको छ। साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महिला उद्यमी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।
ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने मेला ३ दिनसम्म चल्नेछ। करिव ६० वटा स्टल रहने मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरू प्रर्दशन गरिने साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जनले जानकारी दिए।
‘एक घर, एक व्यवसाय’लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक ईनु पौडेलले बताइन्। तीजलाई लक्षित गरेर आयोजना गर्न लागिएको सो मेलामा १५ हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।