काठमाडौं– मोटरसाइकल चोरी गर्दै गर्दा दुई युवक रंगेहात पक्राउ परेका छन्।
मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका–३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका(७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१५ सीतापाइला डेरा गरी बस्ने धादिङ गजुरी घर भएका दिपक भण्डारीको डेरा घर अगाडी पार्किङ गरी राखेको बा.३६ प ८५३२ नम्वरको मोटरसाइकल गएराति चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो। उनीहरुविरुद्ध चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।