काठमाडौं– मंगलबार बन्द रहेको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।
सरकारी अनुगमन र पक्राउ परेका व्यवसायीको रिहाइको माग गर्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले सोमबार तरकारीको खरिद–बिक्री ठप्प पार्ने निर्णय गरेको थियो। अनुगमन टोलीलाई अवरोध गरेको आरोपमा प्रहरीले महासंघका महासचिव भरतप्रसाद खतिवडा र बिलबिजक नभएको भन्दै एक जना तरकारी ढुवानी गर्ने ट्रकका चालकलाई पक्राउ गरेको थियो।
तरकारी बजार बन्द भएको सम्बन्धमा व्यापक विरोध भएपछि व्यवसायी पछि हटेका हुन्।
बजार सुचारु भएपनि साविकझैं सञ्चालनमा आउन सकेको छैन। सामान्य अवस्थामा दैनिक करिब ७ सय टन तरकारी आउने कालिमाटीमा अहिले करिब आधा परिमाणमा मात्र तरकारी भित्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।