बेइजिङ– चिनियाँ संस्कृतिलाई विश्वमा चिनाउन गरेको योगदानका लागि विभिन्न देशका १५ जना नागरिकलाई चीनले मङ्गलबार पुरस्कृत गरेको छ। सम्मानित हुनेहरूमा लेखक, अनुवादक तथा प्रकाशकहरू रहेका छन्।
उनीहरूमध्ये १२ जना ‘स्पेसल बुक अवार्ड अफ चाइना’ बाट पुरस्कृत भएका छन् भने ३ जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना फर योङ स्कलर्स’ पुरस्कार प्राप्त गरेका छन्।
यस वर्ष पुरस्कृत हुनेमा नेपाल, उज्वेकिस्तान, किर्गिजस्तान, इरान तथा मोरक्कोका लेखक तथा अनुवादकहरू रहेको र उनीहरूलाई बेइजिङमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ।
चीनले सन् २००५ देखि उक्त पुरस्कार दिने व्यवस्था गरेको थियो।
पुरस्कृत व्यक्तित्वले प्राचिन चिनियाँ दार्शनिक कन्फुसियसको ‘द एनालेक्टस’, ‘जर्नी टु द वेस्ट’ ‘द गभर्नेन्स अफ चाइना’ जस्ता विभिन्न साहित्यिक कृतिमार्फत चीनलाई विश्वमा चिनाउन योगदान पुर्याएका थिए।
यस पहिले भएको कार्यक्रममा विभिन्न ४४ मुलुकका १ सय ८ व्यत्तित्वलाई पुरस्कृत गरिएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।