काठमाडौं– तीनवटा प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। मुस्लिम सामुदायको बक्रईदको पर्वको अवसरमा प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे। बिदा दिनेमा ७ वटा प्रदेश मध्ये प्रदेश नम्बर एक, दुई र पाँच रहेका छन्।
बकरईदको अवसरमा केन्द्र सरकारले विदा दिनुपर्ने मुस्लिम संघसंस्थाले माग गर्दै आएपनि केन्द्र सरकारले त्यसको कुनै सुनुवाई नगर्दा प्रदेश सरकारले मागलाई सम्बोधन गर्दै बिदा दिएका हुन्।
यस अघि जेठ १५ गते गणतन्त्र दिवसमा पनि प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेपनि अधिकांश सरकारी कार्यालय, बैंक वित्तिय संस्था लगायतले प्रदेश सरकारको निर्णय अटेर गरेपछि प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारको आलोचना गरेको थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।