काठमाडौं – वरिस्ट हास्य कलाकार हरिवंस आचार्यको स्वरमा फिल्म ‘कथा काठमाडु’को शिर्ष गीत ‘धुलोमाण्डु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बुलेट फ्लो अर्थात् सुरज विक्रम थापाकोसमेत स्वर रहेको छ।
थापाकै शब्द, संगीत, संयोजन तथा अभिनय रहेको गीतलाइ आकाश कँडेलले मिक्सिङ गरेका हुन्। सार्वजनिक गीतमा काठमाडाैं शहरकाे अस्तव्यस्तता र धुलाे धुँवालाइ प्राथमिकताका साथ प्रस्तुत गरिएकाे छ।
विजय राईको लगानी रहेको यस फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरी, सञ्जोग कोइराला र सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी गरि ३ जोडीको मुख्य अभिनय रहेको छ।
फिल्मको यस अघि सार्वजनिक प्रमोद अग्रहरी र प्रियंका अभिनित ‘रातका कुरा’ बोलको गीतमा भने अश्लिलता भएको भन्दै फिल्म युनिटले चर्को आलोचना बेहर्नु परेको थियो।
संगिता श्रेष्ठको निर्देशन तथा लेखन रहेको फिल्म आउदो असोज १२ बाट सार्वजनिक प्रर्दशनमा आउने छ।
गीतकाे भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।