काठमाडौं – अमेरिकामा आयोजना हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा नेपाल चलचित्र संघले ‘नेम्पा पपुलर फिल्म अवार्ड’को आयोजना गर्ने भएको छ । आउदो अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकामा रहेका नेपाली संगठनहरु एसोसियसन अफ नेप्लिज इन मिड वस्ट अमेरिका, नेप्लिज एसोसियसन इन साउथ इष्ट अमेरिका र नेप्लिज एसिोसियसन इन द अमेरिकासँगकाे सहकार्यमा उक्त अवार्ड कार्यक्रमकाे अयाेजना गर्न लागिएकाे हाे।
सोमबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले नेपाली चलचित्रको विकास र विस्तारका लागि पपुलर अवार्डको आयोजन गर्न लागेको जानकारी गराए।
कार्यक्रममा अभिनेता, अभिनेत्री, सह–अभिनेता, सह–अभिनेत्री, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नव–निर्देशक, नव–अभिनेता, दशक अभिनेता, दशक अभिनेत्री, पपुलुर फिल्म, निर्देशक, लाइफ टाइम एचिभमेन्ट जस्ता शिर्षकमा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा नेपाल र अमेरिकामा रहेका कलाकारहरु बिच अन्तरक्रियाका साथै मानाेरञ्जनात्मक प्रश्तुतिका कार्यक्रमहरुकाे समेत अायाेजना गरिने अायाेजकले जानकारी गराएकाे छ।
अवार्ड कार्यक्रममा सहभागी हुनका लागि कलाकारहरु निर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अन्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विल्सन विक्रम राई, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरे, सरिता लामिछाने, सुमन गिरी, सितादेवी तिमिल्सिना लगायतको टोली अमेरिका प्रस्थान गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।