काठमाडौं– फिल्म ड्रिम गर्लको ‘फूल टिपेर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर तथा ऋषिराज आचार्यको शब्द संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार अकास श्रेष्ठ र आश्मा गिरीको नृत्य रहेको छ। गीतमा आकाश र आश्मा सँगै हास्य कलाकार विल्सन बिक्रम राई लगायतका कलाकारहरुको अभिनय पनि देख्न सकिन्छ।
उक्त सार्वजनिक गीतको कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन्।
आउदो असोज १९ गतेबाट सार्वजनिक प्रर्दशनको तयारीमा रहेको फिल्ममा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारहरुले अभिनय रहेको छ।
ऋषिराज आचार्यको लेखन निर्माण र तथा नर्देशन रहेको फिल्म ड्रिम गर्ल आरबि मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसँगको सहकार्यमा निर्माण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।