विराटनगर– खोटाङमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३० वर्षीय पूर्णबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो।
विद्युत पोलमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल लाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
गुरुङको शव पोष्टमार्टमका लागि खोटाङ जिल्ला अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।