विराटनगर– उदयपुरमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रौतामाई गाउँपालिका २, नौले करकुसेका ४५ वर्षीय ‘दुर्गा’ भनिने दिपबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीले नै उनीविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्।
उजुरीमा आफूलाई श्रीमानले जबरजस्ती करणी गरेको र नाबालिक छोरीलाई पनि यौन दुव्र्यवहार गरेको उल्लेख छ। सोही उजुरीका आधारमा राउतलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।