काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी दुई विज्ञ नियुक्त गरेकी छिन्।
नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा कास्की जिल्ला पोखरा महानगरपालिका–७ निवासी माधव शर्मालाई नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीको अघिल्लो कार्याकालमा उनी प्रेस सल्लाहकार थिए।
त्यस्तै राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरणसम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा रथी नेत्रबहादुर थापा (अवकाशप्राप्ता) लाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।
थापा पनि भण्डारीको अघिल्लो कार्यालयमा सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।