काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भाद्र ८ मा बस्ने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति,महासमिति बैठक तयारी ,विधान र विभाग सन्दर्भ मा छलफल हुने कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताए । साथै, बैठकमा मुलुकी ऐनको स्वामित्व, विमतिको पाटो एवं कर विवाद लगायतका विषयमा छलफल हुने उनले जनाए।
कांग्रेसको भाद्रमा हुने भनिएको महासमिति बैठक अनिश्चित भएको छ भने विधान मस्यौदा समिति बन्न सकेको छैन। संघीय संरचना अनुरूपको विधान नभएका कारण तल्लो कमिटी बन्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।