काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सांगठानिक एकीकरणका लागि रिपोर्ट पेश गर्न भदौ ७ गतेसम्मका लागि एकता कार्यदललाई म्याद दिएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७ गतेसम्म प्रतिवेदन अनिवार्य रुपमा आइपुग्नुपर्ने निर्णय गरिएको छ। जिल्ला तथा जनबर्गीस संगठनहरुको एकताका लागि
पार्टीले साउन मसान्तभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। धेरै ठाउँबाट अझै केन्द्रमा प्रतिवेदन गएको छैन। १ र २ नम्बर प्रदेशबाट एउटै प्रतिवेदन नआएको प्रवक्ता श्रेष्ठले बताए।
जसकारण सांगठानिक एकताप्रक्रिया लम्बिएको छ।
प्रतिवेदन नआएकाले पार्टीको स्थायी कमिटि बैठक पनि सरेको छ। भदौको १९ र २० गतेको लागि बैठक सारिएको थियो। यसअघि ८ र ९ गतेका लागि बोलाइएको थियो। उक्त बैठकको मुख्य एजेन्डा नै पार्टीको सांगठानिक एकता भएको प्रवक्ता श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।