काठमाडाैं – अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘चङ्गा चेट’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि ‘गोजीमा दाम छैन...’बोलको गीत सार्वजनिक गरिएको हो।
हरिहर तिमल्सिनाको शब्द रचना तथा राजनराज शिवाकोटीको संगीत रहेको गीतमा गायिका मेलिना राई, ग्रिष्मा शिवाकोटी र संगीतकार राजनराज स्वयमको स्वर रहेको छ।
प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा फिल्मका मुख्य ६ कलाकारहरुको अभिनय छ। कलाकारहरु रविन्द्र झा, सुरक्षा पन्त,सन्दिप क्षेत्री, अभिनेत्री परमिता आरएल राणा र अभिनेता आसिरमान देशराज जोसी र प्रियंका कार्कीलगायत मल्टि स्टारर गीतमा बिभिन्न हास्यात्मक दृष्यहरु समावेश गरिएको छ।
माधव वाग्ले र शर्मिला पाण्डे निर्मित यस फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । प्रदिप भारद्धवजको स्क्रिप्ट लेखनमा तयार फिल्म आउदो कार्तीक १६ गतेबाट प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।