काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल अनुपस्थित छन्। पार्टी एकताकै विषयमा थप छलफल गर्न बैठक बसेको हो। विभिन्न जिल्लाबाट नयाँ नेतृत्व चयनका लागि केन्द्रमा सिफारिस आइरहेका छ। त्यस्तै भातृ संगठनहरुको एकता प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। तिनै विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा नेताहरु झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र विष्णु पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।