complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मेथ्लाङ डाँडादेखि अनुप बरालको घरसम्म

64x64
समर्पण श्री शनिबार, चैत ४, २०७९  ०७:०३
1140x725

हामी मेथ्लाङ(पोखरा)को उकालो चढ्दै थियौँ। बाटो छेउमा ठिङ्ग उभिएका अनिगिन्ति रूखहरू आगन्तुकलाई स्वागत गरिरहेझैँ देखिन्थे। जति माथि गयो, वनका हरित दृश्यहरू उति नै मनमोहक लाग्दै थिए।

यी दृश्यहरूले हामीलाई त खुसी बनाए। तर यात्रामा हामीलाई डोहोर्‍याउँदै हिँडेका रंगकर्मी अनुप बराल खिन्न देखिए। उनको हातमा गाडीको स्टेरिङ थियो। र आँखामा धमिलो दृश्य। जुन वर्षौंदेखि जंगलबाट अलप छन्। 

‘कहाँ गए फिस्टे, कहाँ गए रातो चरा?’

अनुप यतिबेला स्मृतिको मेथ्लाङ चढ्दै थिए। जहाँ उनकोे शैशवकाल गुज्रियो। जङ्गलमा चराहरूको गीत र बतासको संगीत सुनेर हुर्किएका अनुप यतिबेला ती धुन सुन्न खोज्दै थिए। ‘पहिला चराहरू धेरै हुन्थे जंगलमा। धेरै आवाज पनि थिए। ती लोप भए अहिले,’ उनी भन्दै थिए। 

मेथ्लाङ पुगेर अनुपले गाडी रोके। त्यसपछि ठूलो कान्लामाथि देखिएको डाँडामा औंलाले इंगित गरे, ‘ल, त्यहाँ जाऔँँ।’
डाँडामा पुगेपछि सारङकोटतर्फ देखाउँदै भने, ‘त्यो चाहिँ हामीलाई टाढा पर्थ्यो बच्चामा। खासै गइएन।’

उनले वरिपरीका गाउँ चिनाए। फाँटहरूमा देखिएका खेत चिनाए। उचाइबाट तलका दृश्यहरू रहरलाग्दा देखिन्छन्। खोला, खेत, जङ्गल घर र सडकहरू। आँखामा ती एकैपटक कैद गर्न उचाइमै पुग्नुपर्दो रहेछ। ‘सुन्दरता जहिले पनि उचाइबाट देखिन्छ,’ अनुपले रसिक मुद्रामा भने। 

अनि हाँसोका साथ थपे, ‘ड्रोन पनि त्यही भएर आएको होला हगी!’

०००

Ncell 2
Ncell 2
nimb
nimb

गत पुसमा(२४ डिसेम्बर) पोखरास्थित लेकसाइडको एक हिस्सा स्रष्टा र कलाप्रेमीहरूले भरिएको थियो। फाइनप्रिन्टले आयोजना गरेको नेपाल लिट्रेचर फेस्टिभलमा सहभागी हामी पनि पुगेको थियौँ। साथीहरू प्रभाकर गौतम, पवन बराइली र मुक्तिसहित म पनि थिएँ टोलीमा। फेस्टिभल चलिरहेको आपसपास हामी अनुपसँगै गफिइरहेका थियौँ। 

अनुपको घर पोखरा। उसो त पोखराको फेवातालसँग विशेष प्रेम छ उनको। ‘अहिले पो खुम्चियो फेवाताल। पहिले कति फैलिएको थियो,’ बाल्यकालीन फेवातालमा स्मृति विचरण गराउँदै थिए उनी। अनुपले जीवनमा पहिलो पटक पौडी पनि फेवातालमै खेलेका रहेछन्। ‘८ वर्षको थिएँ, झण्डै डुबेको। बल्लबल्ल निस्केर बाँचे,’ उनी सुनाउँदै थिए। 

पोखराभरि उनका सम्झना छरिएका थिए। उसो त स्मृति सुन्दर हुन्छन्। अनुप स्मृतिका पर्दा उघार्न चाहन्थे। ‘मेथ्लाङ गएको छौ?’ उनले सोधे। म त थिइनँ। केही साथीसँग यसअघि नै पुगेको अनुभव भने थियो। ‘भोलि बिहान जाऔँ न त,’ अनुपले प्रस्ताव राखे।

प्रस्तावले हामीलाई उत्साहित बनायो। लेकसाइड वरिपरी मात्र रहँदा टिठ लागिरहेको थियो। हामीले मेथ्लाङबाट बिहानको न्यानो घाम ताप्ने योजना बुन्यौँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०००

भोलिपल्ट मेथ्लाङ पुगेपछि अनुप बाल्यकाल र सखीहरूबारे सम्झँदै थिए। उनलाई जहिले पनि यहाँ आउँदा ‘सोले’ फिल्मको याद आउँदो रहेछ। 

उनले पहिलो पटक त्यो फिल्म ८ वर्षको छँदा हेरेका रहेछन्। ‘नेपालबारे नकारात्मक बोल्यो भनेर धर्मेन्दको फिल्म चल्न दिन्थेनन्। मानिसहरू गोरखपुरमा गएर हेर्थे। हामीचाहिँ कहिले पाइएला भनेर पर्खिबस्थ्यौँ,’ अनुपले सम्झिए।

फिल्म हेरेपछि यही डाँडामा उनीहरू ‘सोले’को गफ गर्थे।

 बच्पनमा फिल्म हेर्दाका रमाइला किस्सा पनि उनका आँखामा नाचिरहेका थिए। त्यतिबेला हरेक शनिबार सिडिओ फिल्म सेन्सर गर्न हलमा आउँदा रहेछन्। राति सेन्सर हुने बेला सिटमुनि लुकेर फिल्म हेर्थे अनुप। अनि भोलिपल्ट साथीहरूलाई गफ दिन्थे। 

‘पूरै स्टोरी मिल्यो त,’ कहानी सुनेपछि साथीहरू चकित हुन्थे। उनी झुट बोल्थे, ‘मैले सपनामै देखेको नि।’ साथीहरूले उनको झुट पकडिन सक्दैनथे। 

मेथ्लाङको उकालो चढ्दा बदामको पोका अनुपसँग हुन्थ्यो। ‘म हिँड्दा हिँड्दै बदाम खाएर सकाइसक्थेँ। अनि बाहिरको बोक्रा राखिदिँन्थेँ,’ भर्खरै भुइँमा टेकेको पारिलो घामतर्फ जाँदै अनुप रमाइला किस्सा सुनाउँछन्।

सामुन्ने उभिरहेका अन्नपूर्ण र माछापुच्छ्रे श्वेत मुस्कानका साथ टल्किरहेका थिए। हिमाललाई पृष्ठभूमि बनाएर हामीले फोटो खिच्यौँ। त्यसपछि अनुपका बाँकी स्मृति सुन्यौँ। 

बाल्यकालमा उनी गुलेली बोकेर चरा मार्न जङ्गल निस्कन्थे। गुलेली चलाउन सिकाउने साथी थिए कमी लामा। जो अहिले माछा मारेर जीविका चलाउँछन्। बालसखा कमीसँग अहिले पनि उस्तै आत्मीयता छ अनुपको। उनी प्रख्यात लेखक र कलाकार पोखरा आउँदा कमीसँग भेट गराउन बिर्सन्नन्।

‘गुलेलीले चरा मार्नुभयो त?’ हामी चराकै प्रसंगमा थियौँ। 

अनुप फिस्स हाँसे। त्यसपछि एउटा घटना बताए, जुन सम्झेर अहिले पनि उनी पछुताइरहन्छन्। ‘एकपल्ट मैले फिस्टे मारेँ। मारेपछि बहुत दुःख लाग्यो। रातभरि निद्रा लागेन। त्यसपछि गुलेली बोक्नै छाडेँ,’ अनुप सुनाउँछन्।

१० वर्षको अन्तरालमै अनुपले धेरै परिवर्तन पाए यहाँ। जस्तो कि वरिपरीका घर पहिले खर र ढुङ्गाको छपनीले छाएका थिए। अहिले ती दुर्लभ भइसकेका छन्। जङ्गलका ठाउँमा कंक्रिटका घर थपिएका छन्।  

‘तपाईंले बाल्यकालमा मिस गर्ने कुराहरू के छन्?’ उनको अनुहारको भावले भनिरहेको थियो, ‘थुप्रै छन्।’ 

अनुपका लागि ‘मिस’ हुने सिंगो बाल्यकाल नै छ। ‘कहिलेकाहीँ जीवनमा आएका परिपक्वतासँगै बाल्यकाल छुट्दै जाँदो रहेछ। म त्यो छुटेको बाल्यकाल खुब मिस गर्छु,’ अनुप भन्छन्। 

०००

मेथ्लाङलाई अनुपको स्मृतिबाट चिहाइसकेपछि हामी ओर्लियौँ। त्यसपछि उनकै घर नदीपुर जाने भयौँ। 

बाटोमा अनुपको खेत देखापर्‍यो। १६ रोपनीमा फैलिएको खेतसँग अनुपको सपना जोडिएको छ। उनी यो खेतको स्पेसलाई प्रयोग गरेर ठूलो ‘आर्ट हब’ बनाउन चाहन्छन्। 

आफू जन्मे हुर्केको पोखराबाटै सपनाको उडान भरेका थिए अनुपले। रंगकर्मकै क्रममा उनी काठमाडौं पुगे। त्यसपछि भारतको नेसनल स्कुल अफ ड्रामा। एनएसडीबाट फर्किएपछि पनि नाटककोे जग काठमाडौंमै बसाए। यसरी दुई दशक काठमाडौंमै बितिसकेछ।

६०–७० सम्मको समय पोखरामा नाटक मुर्झाएको थियो। अहिले भने माहोल ब्यूँतिसकेको छ।

अनुप अब बाँकी सपना आफ्नै ठाउँमा सिँचन गर्न चाहन्छन्। त्यसैले उनी काठमाडौं र पोखरा आवतजावत गरिहन्छन्। यसरी आउजाउ गर्दा हरेक पटक पोखरा नयाँ लाग्दो रहेछ। उनकै भाषामा भन्दा ‘प्रत्येक पटक नवीकरण गरेजस्तो!’

०००

टल्किएका सेता कपाल र अनुहारमा हँसिलो चमक। प्रसिद्ध कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले उद्यानझैं लाग्ने घरको आँगनबाट हामीलाई स्वागत गरे। अनुपको अनुहारको चमक बा ‘वात्स्यायन’सँग दुरुस्तै मिल्दो थियो।

वात्स्यायनसँग अनुपले हाम्रो परिचय गराए, ‘नयाँ छिमल पत्रकार साथीहरू!’

हामीलाई भने वात्स्यायनको नामै काफी। नदीपुरस्थित अनुपको घरमा प्रसिद्ध चित्रकार दुर्गा बराल भेट्न पाउँदाको हर्ष अनुहारमा छचल्किएको थियो।

न्यानो परिचयपश्चात् हामी एउटा सानो हलमा गयौँ। वरिपरीका चित्रहरू नियाल्नेबित्तिकै लाग्यो, वात्स्यायनको आर्ट ग्यालरी हो यो।

यहाँ ०५८ तिर अनुपले नाटक सिकाउँदा रहेछन्। ‘यो घर विद्यार्थीहरूलाई नाटकको तालिम दिन भनेर अनुपकै लागि बनाइएको हो,’ वात्स्यायन भन्दै थिए, ‘तर ऊ पछि काठमाडौं गयो।’

अभिनेता खगेन्द्र लामिछाने र माओत्से गुरुङले पनि यही हलमा अनुपसँग नाटक सिकेका थिए। त्यतिबेला खगेन्द्रको नाटकमा ठूलो लगाव थियो। उनलाई जसरी पनि सिक्नु थियो अभिनय। तर पर्याप्त पैसा थिएन।

एकदिन खगेन्द्रले जोडजाम गरेर पैसा लिएर आए। ‘यहीँनिर बसेर उसले खुचुरा पैसा निकाल्यो। हातले एक रुपैयाँ, दुई रुपैयाँ गनेर ६ हजार पुर्‍याउन खोज्यो। मलाई माया लाग्यो। चाहिँदैन, तिमी नै राख भनेँ,’ अनुप सम्झन्छन्।

त्यसयता अनुप र खगेन्द्रको गुरुचेला सम्बन्ध निकै आत्मीय बन्यो। 

काठमाडौंमा खगेन्द्रको हरेक संघर्षमा अनुपले साथ दिए। खगेन्द्र पनि स्थापित कलाकार, लेखक बने। एकदिन उनै चेलाले अनुपलाई फिल्मको प्रस्ताव लिएर आए। खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’मा गुरु अनुप मुख्य भूमिकामा छन्। दुई गुरुचेलाबीचको सम्बन्धलाई हेर्ने हो भने अहिले पनि उतिकै ‘लोभलाग्दो’ छ।

खगेन्द्र पोखरा आउँदा अनुपको घर पुगिरहन्छन्। र आफूले पहिलो पटक नाटक सिकेको हलमा पुग्दा ‘नोस्टाल्जिक’ हुन्छन्।

भित्तामा दुर्गा बरालका पेन्टिङहरू झुण्ड्याइएका थिए। अहिले यो आर्ट ग्यालरी बनेको छ। ग्यालरीमा बसेर आगन्तुकहरू घण्टौं चित्र नियाल्न सक्छन्। ‘बुबाले कार्टुन पनि यहीँ बसेर बनाउनु हुन्छ,’ अनुपले कुनापट्टिको टेबलतर्फ देखाउँदै भने।

 ‘धेरै जना काठमाडौंमै जमिरहेको बेला हजुरलाई जाऊँ जस्तो लागेन,’ प्रभाकर गौतमले वात्स्यायनलाई सोधे। 

‘लागेन, म काठमाडौंको रहर पुर्‍याएर आएको,’ उनले उही मृदु–मुद्रामा जवाफ दिए। ‘७ वर्ष बसेँ। त्यसपछि पुग्यो। अहिले पनि बोलाउँछन्, तर मलाई यतै ठीक छ,’ उनले भने।

वात्स्यायनलाई काठमाडौं लैजाने प्रस्ताव लिएर आउनेहरू रित्तो हात फर्कनुपरेको छ। हाल ८१ वर्ष टेकेका उनको दैनिकी आर्ट ग्यालरीमै बित्छ। आजै उनलाई पोखराले व्यंग्य चित्रकलाका सर्वोच्च शिखर मान्दै रथारोहण र अभिनन्दन गर्दैछ। 

बाको कलाकारिताकै प्रभावले अनुपलाई चित्रकार बनायो, कवि बनायो, रङ्गकर्मी बनायो र निर्देशक। दुर्गाले घरमा सानो लाइब्रेरी बनाएका थिए। ०४० सालदेखि अनुपले लाइब्रेरीका पुस्तक पढ्न थाले। पहिलो पटक पारिजातलाई उनले लाइब्रेरीमै पढे। त्यतिबेला दिल्लीबाट प्रकाशित हुने पत्रिका ‘दिनमान’ दुर्गा नियमित घर ल्याउँथे। त्यो पढेर अनुपले साहित्य, सिनेमा र नाटकबारे थप बुझ्न पाए।

 

घरको पछाडिपट्टि ठूलो क्षेत्रफल झारहरूले ओगटेका थिए। जमिन बाँझो थियो। जानी–जानी अनुपले बाँझो राखेका हुन् जमिन। कारण, यहाँ उनको सपना पोखिएको छ। ‘मैले बनाउन लागेको  नाटकघर यहीँ त हो,’ अनुपले भने। 

५ वर्षयता उनी काठमाडौं भन्दा पोखरामा बढ्ता भेटिन्छन्। फैलिएको यही ७ रोपनी जग्गामा नाटकघर बनाउने कसरतमा छन् उनी। उसो त नाटकघर बनाउनु उति सहज छैन। लगानी प्रमुख कुरो हो। उनी यसका लागि लगानी जुटाइरहेका छन्। केही वर्षहरू त बिते। सायद, धेरै वर्ष पर्खाउनु छैन अनुपलाई। 

०००

त्यसदिन स्मृतिको मेथ्लाङ चढाएर सपनाको नाटकघरसम्म डोहोर्‍याएका अनुपसँग घमाइलो बिहान बित्यो। त्यसपछि छुट्टिएका हामी फेस्टिभलपश्चात् काठमाडौं फर्कियौँ।

अनुप यतिबेला पोइट आइडलका निर्णायक छन्। र नाटक ‘एक सपनाको अवसान’ मञ्चनको तयारीमा जुटेका छन्। विश्वप्रसिद्ध नाटक ‘अ डेथ अफ सेल्सम्यान’को नेपाली भावानुवाद हो यो नाटक। मञ्चन नजिक आइसकेको नाटकको निर्देशक हुन् उनी।

अबको भेटमा निर्देशक अनुपसँग ‘एउटा सपनाको अवसान’बारे कुरा त गरौँला। सँगै ‘अवसान नभएको’ सपनाबारे पनि सोध्नुछ। जुन उनकै घर पछाडिको खाली जमिनमा ब्यूँतने तरखरमा छ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्