• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
मेथ्लाङ डाँडादेखि अनुप बरालको घरसम्म
64x64
समर्पण श्री शनिबार, चैत ४, २०७९  ०७:०३
1140x725

हामी मेथ्लाङ(पोखरा)को उकालो चढ्दै थियौँ। बाटो छेउमा ठिङ्ग उभिएका अनिगिन्ति रूखहरू आगन्तुकलाई स्वागत गरिरहेझैँ देखिन्थे। जति माथि गयो, वनका हरित दृश्यहरू उति नै मनमोहक लाग्दै थिए।

यी दृश्यहरूले हामीलाई त खुसी बनाए। तर यात्रामा हामीलाई डोहोर्‍याउँदै हिँडेका रंगकर्मी अनुप बराल खिन्न देखिए। उनको हातमा गाडीको स्टेरिङ थियो। र आँखामा धमिलो दृश्य। जुन वर्षौंदेखि जंगलबाट अलप छन्। 

‘कहाँ गए फिस्टे, कहाँ गए रातो चरा?’

अनुप यतिबेला स्मृतिको मेथ्लाङ चढ्दै थिए। जहाँ उनकोे शैशवकाल गुज्रियो। जङ्गलमा चराहरूको गीत र बतासको संगीत सुनेर हुर्किएका अनुप यतिबेला ती धुन सुन्न खोज्दै थिए। ‘पहिला चराहरू धेरै हुन्थे जंगलमा। धेरै आवाज पनि थिए। ती लोप भए अहिले,’ उनी भन्दै थिए। 

मेथ्लाङ पुगेर अनुपले गाडी रोके। त्यसपछि ठूलो कान्लामाथि देखिएको डाँडामा औंलाले इंगित गरे, ‘ल, त्यहाँ जाऔँँ।’
डाँडामा पुगेपछि सारङकोटतर्फ देखाउँदै भने, ‘त्यो चाहिँ हामीलाई टाढा पर्थ्यो बच्चामा। खासै गइएन।’

उनले वरिपरीका गाउँ चिनाए। फाँटहरूमा देखिएका खेत चिनाए। उचाइबाट तलका दृश्यहरू रहरलाग्दा देखिन्छन्। खोला, खेत, जङ्गल घर र सडकहरू। आँखामा ती एकैपटक कैद गर्न उचाइमै पुग्नुपर्दो रहेछ। ‘सुन्दरता जहिले पनि उचाइबाट देखिन्छ,’ अनुपले रसिक मुद्रामा भने। 

अनि हाँसोका साथ थपे, ‘ड्रोन पनि त्यही भएर आएको होला हगी!’

०००

गत पुसमा(२४ डिसेम्बर) पोखरास्थित लेकसाइडको एक हिस्सा स्रष्टा र कलाप्रेमीहरूले भरिएको थियो। फाइनप्रिन्टले आयोजना गरेको नेपाल लिट्रेचर फेस्टिभलमा सहभागी हामी पनि पुगेको थियौँ। साथीहरू प्रभाकर गौतम, पवन बराइली र मुक्तिसहित म पनि थिएँ टोलीमा। फेस्टिभल चलिरहेको आपसपास हामी अनुपसँगै गफिइरहेका थियौँ। 

अनुपको घर पोखरा। उसो त पोखराको फेवातालसँग विशेष प्रेम छ उनको। ‘अहिले पो खुम्चियो फेवाताल। पहिले कति फैलिएको थियो,’ बाल्यकालीन फेवातालमा स्मृति विचरण गराउँदै थिए उनी। अनुपले जीवनमा पहिलो पटक पौडी पनि फेवातालमै खेलेका रहेछन्। ‘८ वर्षको थिएँ, झण्डै डुबेको। बल्लबल्ल निस्केर बाँचे,’ उनी सुनाउँदै थिए। 

पोखराभरि उनका सम्झना छरिएका थिए। उसो त स्मृति सुन्दर हुन्छन्। अनुप स्मृतिका पर्दा उघार्न चाहन्थे। ‘मेथ्लाङ गएको छौ?’ उनले सोधे। म त थिइनँ। केही साथीसँग यसअघि नै पुगेको अनुभव भने थियो। ‘भोलि बिहान जाऔँ न त,’ अनुपले प्रस्ताव राखे।

प्रस्तावले हामीलाई उत्साहित बनायो। लेकसाइड वरिपरी मात्र रहँदा टिठ लागिरहेको थियो। हामीले मेथ्लाङबाट बिहानको न्यानो घाम ताप्ने योजना बुन्यौँ।

०००

भोलिपल्ट मेथ्लाङ पुगेपछि अनुप बाल्यकाल र सखीहरूबारे सम्झँदै थिए। उनलाई जहिले पनि यहाँ आउँदा ‘सोले’ फिल्मको याद आउँदो रहेछ। 

उनले पहिलो पटक त्यो फिल्म ८ वर्षको छँदा हेरेका रहेछन्। ‘नेपालबारे नकारात्मक बोल्यो भनेर धर्मेन्दको फिल्म चल्न दिन्थेनन्। मानिसहरू गोरखपुरमा गएर हेर्थे। हामीचाहिँ कहिले पाइएला भनेर पर्खिबस्थ्यौँ,’ अनुपले सम्झिए।

फिल्म हेरेपछि यही डाँडामा उनीहरू ‘सोले’को गफ गर्थे।

 बच्पनमा फिल्म हेर्दाका रमाइला किस्सा पनि उनका आँखामा नाचिरहेका थिए। त्यतिबेला हरेक शनिबार सिडिओ फिल्म सेन्सर गर्न हलमा आउँदा रहेछन्। राति सेन्सर हुने बेला सिटमुनि लुकेर फिल्म हेर्थे अनुप। अनि भोलिपल्ट साथीहरूलाई गफ दिन्थे। 

‘पूरै स्टोरी मिल्यो त,’ कहानी सुनेपछि साथीहरू चकित हुन्थे। उनी झुट बोल्थे, ‘मैले सपनामै देखेको नि।’ साथीहरूले उनको झुट पकडिन सक्दैनथे। 

मेथ्लाङको उकालो चढ्दा बदामको पोका अनुपसँग हुन्थ्यो। ‘म हिँड्दा हिँड्दै बदाम खाएर सकाइसक्थेँ। अनि बाहिरको बोक्रा राखिदिँन्थेँ,’ भर्खरै भुइँमा टेकेको पारिलो घामतर्फ जाँदै अनुप रमाइला किस्सा सुनाउँछन्।

सामुन्ने उभिरहेका अन्नपूर्ण र माछापुच्छ्रे श्वेत मुस्कानका साथ टल्किरहेका थिए। हिमाललाई पृष्ठभूमि बनाएर हामीले फोटो खिच्यौँ। त्यसपछि अनुपका बाँकी स्मृति सुन्यौँ। 

बाल्यकालमा उनी गुलेली बोकेर चरा मार्न जङ्गल निस्कन्थे। गुलेली चलाउन सिकाउने साथी थिए कमी लामा। जो अहिले माछा मारेर जीविका चलाउँछन्। बालसखा कमीसँग अहिले पनि उस्तै आत्मीयता छ अनुपको। उनी प्रख्यात लेखक र कलाकार पोखरा आउँदा कमीसँग भेट गराउन बिर्सन्नन्।

‘गुलेलीले चरा मार्नुभयो त?’ हामी चराकै प्रसंगमा थियौँ। 

अनुप फिस्स हाँसे। त्यसपछि एउटा घटना बताए, जुन सम्झेर अहिले पनि उनी पछुताइरहन्छन्। ‘एकपल्ट मैले फिस्टे मारेँ। मारेपछि बहुत दुःख लाग्यो। रातभरि निद्रा लागेन। त्यसपछि गुलेली बोक्नै छाडेँ,’ अनुप सुनाउँछन्।

१० वर्षको अन्तरालमै अनुपले धेरै परिवर्तन पाए यहाँ। जस्तो कि वरिपरीका घर पहिले खर र ढुङ्गाको छपनीले छाएका थिए। अहिले ती दुर्लभ भइसकेका छन्। जङ्गलका ठाउँमा कंक्रिटका घर थपिएका छन्।  

‘तपाईंले बाल्यकालमा मिस गर्ने कुराहरू के छन्?’ उनको अनुहारको भावले भनिरहेको थियो, ‘थुप्रै छन्।’ 

अनुपका लागि ‘मिस’ हुने सिंगो बाल्यकाल नै छ। ‘कहिलेकाहीँ जीवनमा आएका परिपक्वतासँगै बाल्यकाल छुट्दै जाँदो रहेछ। म त्यो छुटेको बाल्यकाल खुब मिस गर्छु,’ अनुप भन्छन्। 

०००

मेथ्लाङलाई अनुपको स्मृतिबाट चिहाइसकेपछि हामी ओर्लियौँ। त्यसपछि उनकै घर नदीपुर जाने भयौँ। 

बाटोमा अनुपको खेत देखापर्‍यो। १६ रोपनीमा फैलिएको खेतसँग अनुपको सपना जोडिएको छ। उनी यो खेतको स्पेसलाई प्रयोग गरेर ठूलो ‘आर्ट हब’ बनाउन चाहन्छन्। 

आफू जन्मे हुर्केको पोखराबाटै सपनाको उडान भरेका थिए अनुपले। रंगकर्मकै क्रममा उनी काठमाडौं पुगे। त्यसपछि भारतको नेसनल स्कुल अफ ड्रामा। एनएसडीबाट फर्किएपछि पनि नाटककोे जग काठमाडौंमै बसाए। यसरी दुई दशक काठमाडौंमै बितिसकेछ।

६०–७० सम्मको समय पोखरामा नाटक मुर्झाएको थियो। अहिले भने माहोल ब्यूँतिसकेको छ।

अनुप अब बाँकी सपना आफ्नै ठाउँमा सिँचन गर्न चाहन्छन्। त्यसैले उनी काठमाडौं र पोखरा आवतजावत गरिहन्छन्। यसरी आउजाउ गर्दा हरेक पटक पोखरा नयाँ लाग्दो रहेछ। उनकै भाषामा भन्दा ‘प्रत्येक पटक नवीकरण गरेजस्तो!’

०००

टल्किएका सेता कपाल र अनुहारमा हँसिलो चमक। प्रसिद्ध कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले उद्यानझैं लाग्ने घरको आँगनबाट हामीलाई स्वागत गरे। अनुपको अनुहारको चमक बा ‘वात्स्यायन’सँग दुरुस्तै मिल्दो थियो।

वात्स्यायनसँग अनुपले हाम्रो परिचय गराए, ‘नयाँ छिमल पत्रकार साथीहरू!’

हामीलाई भने वात्स्यायनको नामै काफी। नदीपुरस्थित अनुपको घरमा प्रसिद्ध चित्रकार दुर्गा बराल भेट्न पाउँदाको हर्ष अनुहारमा छचल्किएको थियो।

न्यानो परिचयपश्चात् हामी एउटा सानो हलमा गयौँ। वरिपरीका चित्रहरू नियाल्नेबित्तिकै लाग्यो, वात्स्यायनको आर्ट ग्यालरी हो यो।

यहाँ ०५८ तिर अनुपले नाटक सिकाउँदा रहेछन्। ‘यो घर विद्यार्थीहरूलाई नाटकको तालिम दिन भनेर अनुपकै लागि बनाइएको हो,’ वात्स्यायन भन्दै थिए, ‘तर ऊ पछि काठमाडौं गयो।’

अभिनेता खगेन्द्र लामिछाने र माओत्से गुरुङले पनि यही हलमा अनुपसँग नाटक सिकेका थिए। त्यतिबेला खगेन्द्रको नाटकमा ठूलो लगाव थियो। उनलाई जसरी पनि सिक्नु थियो अभिनय। तर पर्याप्त पैसा थिएन।

एकदिन खगेन्द्रले जोडजाम गरेर पैसा लिएर आए। ‘यहीँनिर बसेर उसले खुचुरा पैसा निकाल्यो। हातले एक रुपैयाँ, दुई रुपैयाँ गनेर ६ हजार पुर्‍याउन खोज्यो। मलाई माया लाग्यो। चाहिँदैन, तिमी नै राख भनेँ,’ अनुप सम्झन्छन्।

त्यसयता अनुप र खगेन्द्रको गुरुचेला सम्बन्ध निकै आत्मीय बन्यो। 

काठमाडौंमा खगेन्द्रको हरेक संघर्षमा अनुपले साथ दिए। खगेन्द्र पनि स्थापित कलाकार, लेखक बने। एकदिन उनै चेलाले अनुपलाई फिल्मको प्रस्ताव लिएर आए। खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’मा गुरु अनुप मुख्य भूमिकामा छन्। दुई गुरुचेलाबीचको सम्बन्धलाई हेर्ने हो भने अहिले पनि उतिकै ‘लोभलाग्दो’ छ।

खगेन्द्र पोखरा आउँदा अनुपको घर पुगिरहन्छन्। र आफूले पहिलो पटक नाटक सिकेको हलमा पुग्दा ‘नोस्टाल्जिक’ हुन्छन्।

भित्तामा दुर्गा बरालका पेन्टिङहरू झुण्ड्याइएका थिए। अहिले यो आर्ट ग्यालरी बनेको छ। ग्यालरीमा बसेर आगन्तुकहरू घण्टौं चित्र नियाल्न सक्छन्। ‘बुबाले कार्टुन पनि यहीँ बसेर बनाउनु हुन्छ,’ अनुपले कुनापट्टिको टेबलतर्फ देखाउँदै भने।

 ‘धेरै जना काठमाडौंमै जमिरहेको बेला हजुरलाई जाऊँ जस्तो लागेन,’ प्रभाकर गौतमले वात्स्यायनलाई सोधे। 

‘लागेन, म काठमाडौंको रहर पुर्‍याएर आएको,’ उनले उही मृदु–मुद्रामा जवाफ दिए। ‘७ वर्ष बसेँ। त्यसपछि पुग्यो। अहिले पनि बोलाउँछन्, तर मलाई यतै ठीक छ,’ उनले भने।

वात्स्यायनलाई काठमाडौं लैजाने प्रस्ताव लिएर आउनेहरू रित्तो हात फर्कनुपरेको छ। हाल ८१ वर्ष टेकेका उनको दैनिकी आर्ट ग्यालरीमै बित्छ। आजै उनलाई पोखराले व्यंग्य चित्रकलाका सर्वोच्च शिखर मान्दै रथारोहण र अभिनन्दन गर्दैछ। 

बाको कलाकारिताकै प्रभावले अनुपलाई चित्रकार बनायो, कवि बनायो, रङ्गकर्मी बनायो र निर्देशक। दुर्गाले घरमा सानो लाइब्रेरी बनाएका थिए। ०४० सालदेखि अनुपले लाइब्रेरीका पुस्तक पढ्न थाले। पहिलो पटक पारिजातलाई उनले लाइब्रेरीमै पढे। त्यतिबेला दिल्लीबाट प्रकाशित हुने पत्रिका ‘दिनमान’ दुर्गा नियमित घर ल्याउँथे। त्यो पढेर अनुपले साहित्य, सिनेमा र नाटकबारे थप बुझ्न पाए।

 

घरको पछाडिपट्टि ठूलो क्षेत्रफल झारहरूले ओगटेका थिए। जमिन बाँझो थियो। जानी–जानी अनुपले बाँझो राखेका हुन् जमिन। कारण, यहाँ उनको सपना पोखिएको छ। ‘मैले बनाउन लागेको  नाटकघर यहीँ त हो,’ अनुपले भने। 

५ वर्षयता उनी काठमाडौं भन्दा पोखरामा बढ्ता भेटिन्छन्। फैलिएको यही ७ रोपनी जग्गामा नाटकघर बनाउने कसरतमा छन् उनी। उसो त नाटकघर बनाउनु उति सहज छैन। लगानी प्रमुख कुरो हो। उनी यसका लागि लगानी जुटाइरहेका छन्। केही वर्षहरू त बिते। सायद, धेरै वर्ष पर्खाउनु छैन अनुपलाई। 

०००

त्यसदिन स्मृतिको मेथ्लाङ चढाएर सपनाको नाटकघरसम्म डोहोर्‍याएका अनुपसँग घमाइलो बिहान बित्यो। त्यसपछि छुट्टिएका हामी फेस्टिभलपश्चात् काठमाडौं फर्कियौँ।

अनुप यतिबेला पोइट आइडलका निर्णायक छन्। र नाटक ‘एक सपनाको अवसान’ मञ्चनको तयारीमा जुटेका छन्। विश्वप्रसिद्ध नाटक ‘अ डेथ अफ सेल्सम्यान’को नेपाली भावानुवाद हो यो नाटक। मञ्चन नजिक आइसकेको नाटकको निर्देशक हुन् उनी।

अबको भेटमा निर्देशक अनुपसँग ‘एउटा सपनाको अवसान’बारे कुरा त गरौँला। सँगै ‘अवसान नभएको’ सपनाबारे पनि सोध्नुछ। जुन उनकै घर पछाडिको खाली जमिनमा ब्यूँतने तरखरमा छ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार नै बजेट आएको छ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार, असार १८, २०८२
सामान्य र कानुन मन्त्रालयका कर्मचारीले भने– हामीलाई अन्तिम प्रतिवेदन हेर्नै दिइएन ! बुधबार, असार १८, २०८२
नीतिगत र संरचनागत सुधारमा केन्द्रित छु : मन्त्री बद्री प्रसाद पाण्डे बुधबार, असार १८, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय बुधबार, असार १८, २०८२
राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्यो: सांसद घिमिरे बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्