• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जाकार्तामा नेपाली झन्डा फहराउँदैछन् कमल, भन्छन्– 'देशको झन्डा बोक्न पाउँदाको खुसी शब्दमा बखान गर्न सक्दिनँ'

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०७५  ०४:२९
1140x725

जाकार्ता (इन्डोनेसिया)- इन्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज १८औं संस्करणको एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको उद्घाटन हुँदैछ। एसियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन्। 

नेपालले यहाँ २९ खेलमा भाग लिएको छ। जहाँ जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६) ले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन समारोहमा उपलब्ध खेलाडीहरु मार्चपासमा सहभागी हुनेछन्। जहाँ नेपालीको प्रतिनिधित्व गर्दै भारोत्तलनका कमलबहादुर अधिकारीले नेपालको ‍चन्द्र सूर्यअंकित झन्डा बोक्दैछन्।

नेपालको झन्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियल समक्ष प्रस्तुत हुन पाउनु गर्वको कुरा भएको कमलले बताए। 'देशको बोक्न झन्डा बोक्न पाउँदाको खुसी शब्दमा बखान गर्न सक्दिनँ,' उनले खुसी व्यक्त गरे।

कमल एसियाडमा भाग लिएका नेपालका खेलाडीमध्ये सिनियर हुन्। उनले जाकार्ता एसियाडमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्।

सन् २००६ मा श्रीलंकामा आयोजना भएको दसौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक हासिल गर्दै उनले सनसनी मच्चाएका थिए। नेपाली सेनाका कमलले ६९ केजी तौल समूहमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए, साग गेम्सकै इतिहासमा।

त्यसयता उनले ओलम्पिकमा पनि भाग लिए। एसियाडमा लगातार चौथो पटक प्रतिस्पर्धा गर्दैछन्। 

गत वर्ष दक्षिण कोरियाको इन्चोनमा एसियन सिनियर कप र एसियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपको नाममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो। यसमा सहभागी भएका उनले ६ वटा पदक (३–३ कास्य) जितेर अर्को कीर्तिमान बनाए। त्यतिबेला उनी ७७ केजीमा उत्रिएका थिए। कमलले ७७ केजी स्न्याचमा १ सय १७ र क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ५७ केजी तौल उठाए। 

सहभागी नेपाली खेल पदाधिकारी

Ncell 2
Ncell 2
nimb
nimb

साग गेम्समा स्वर्ण जित्ने एक्लो नेपाली खेलाडीको इतिहास बोकेका कमलले एसियाली स्तरको प्रतियोगितामा पदक जितेको पनि पहिलो थियो। 

एक दशकअघि साग गेम्समा ऐतिहासिक पदक जितेपछि उनी एकाएक सेलिब्रिटी बनेका थिए। उनको बाल्यकालको कहानीले अखबारका पाना भरिए। 

सानैदेखि गह्रौं कुरा उचाल्ने र भारी बोक्ने काममा छरितो थिए, कमल। उनले पढ्न भन्दा घरको काममा बढी ध्यान दिन्थे।

चितवनस्थित गीतानगरका कमल ०५४ सालमा नेपाली सेनामा भर्ना भए। त्यसको दुई वर्षमै जीवनले नयाँ मोड लियो। उनी त्रिभुवन आर्मी क्लबका लागि छनोट भए। गणमा असजिलो र गाह्रो सामान उचाल्ने काम पनि छिटो र सहज रुपमा गर्थे, कमल। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैले त्रिभुवन आर्मी क्लबमा उनको नाम सिफारिस हुँदा उनलाई गणकै बलियो सिपाहीको उपमा दिइएको थियो। 

तीन वर्षको नियमित प्रशिक्षणपछि कमलले २०५९ सालमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा ६२ केजी तौल समूहमा स्वर्ण जिते। त्यसयता उनले भाग लिएको राष्ट्रिय प्रतियोगितामा दोस्रो हुनुपरेको छैन, सधैं स्वर्ण हात पारेका छन्। 

कमलले सन् २००६ को साग गेम्सपछि दोहा एसियाडमा सहभागिता जनाए। उनले २०१० को चीनको ग्वान्झाउ र २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा गरी तीन वटा एसियाडमा भाग लिइसकेका छन्। 

सन् २०१० मा बंगलादेशमा आयोजना भएको साग गेम्समा आफ्नो सानो गल्तीका कारण पदक जित्नबाट चुकेका कमल २०१६ मा भारतमा भएको सागमा भने सहभागिता जनाउन पाएनन्। शान्ति सेनाको मिसनमा कंगो गएका कारण उनले भारतमा भएको साग गेम्स गुमाउनुपर्यो। 

सन् २००८ को बेइजिङ ओलम्पिकलाई उनी जीवनको अविस्मरणीय क्षण मान्छन्। ‘एउटा खेलाडीका लागि ओलम्पिका भाग लिन पाउनु सबैभन्दा ठूलो कुरा हो। जुन अवसर मैले पनि पाए,’ कमल भन्छन्। 

उनी भारोत्तोलन खेलमा पूर्णरुपले समर्पित भएको १९ वर्ष पुगिसकेको छ। यस अवधिमा उनले तीन वटा उमेर समूहमा खेलिसकेका छन्। सुरुमा ५६ केजी, यसपछि ६९ केजी हुँदै अहिले उनी ७७ केजीमा उत्रिन्छन्। 

रोचक कुरा, उनी सहभागी तीन वटै उमेर समूहमा उनको नाममा राष्ट्रिय कीर्तिमान छ। ६२ केजीको क्लिन एन्ड जर्कतर्फ उनले कीर्तिमान बनाएका थिए। ६९ केजी र ७७ केजीमा उनको ३–३ वटा राष्ट्रिय कीर्तिमान छ। दुवै तौल समूहमा उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी ३–३ वटा कीर्तिमान बनाएका हुन्। कमलले एकै पटक २ सय ५० केजी तौल उठाएर कीर्तिमान बनाएका थिए। 

४० वटा हिउँदबर्खा बिताएका  कमल अझै जोसिला र फूर्तिला देखिन्छन्। उत्साह उस्तै छ। भन्छन्, 'देशका लागि पदक जित्ने भोक अझै मेटिएको छैन।'

प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ०४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्