• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फौजदारी संहिताको दफा १३७ मा देखियो कानुनी जटिलता, व्याख्याका लागि पठाइयो पूर्ण इजलास 

64x64
नेपाल लाइभ सोमबार, फागुन २९, २०७९  १७:२७
1140x725

काठमाडौं– संविधानको धाराहरुमा दुईथरी व्याख्या हुँदा समस्या सिर्जना भइरहेको छ। सर्वोच्च अदालतले फौजदारी संहिताको दफा १३७ मा पनि यस्तै कानुनी जटिलता देखाएको छ। 

सर्वोच्च अदालत पुगेको एक बन्दीको मुद्दामा आदेश गर्दा सर्वोच्चको संयुक्त इजलासले यस्तो देखेको हो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले सफाइ दिएको र उच्च अदालतले दोषी ठहर गरेको अवस्थामा थुनामा राख्ने कि नराख्ने विवाद भएपछि पूर्ण इजलासमा पठाउने आदेश गरेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ मा थुनामा राख्ने विषयमा भएका विषयहरुले नै अन्योलता सिर्जना गरेको भन्दै तीनदेखि बढी न्यायाधीश रहने इजलासमा व्याख्याका लागि पठाएको हो।
 
‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को व्याख्यासँग सम्बन्धित भइ जटिल कानुनी प्रश्नहरु निरुपण गर्नुपर्ने देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४को नियम २३(२) बमोजिम विवादलाई पूर्ण इजलाससमक्ष प्रस्तुत गरि न्याय निरुपण हुन मनासिब देखिन्छ’, आदेशमा भनिएको छ,  ‘विषय थुनुवासँग सम्बन्धित रहेको र यस्तै प्रकृतिका अन्य निवेदनहरुलाईसमेत प्रभावित गर्ने प्रकृतिको देखिँदा अग्राधिकार प्रदान गरिएको छ।’ 

के छ दफा १३७मा? 

335001932_1291590384757843_3849851185408470155_n1678707665.jpg

335774975_1356747345116633_1114044454340932095_n1678707665.jpg

सर्वोच्चले व्याख्या गर्नुपर्ने देखेका चार आधार 
१. मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १३७ को १ (ख)मा उल्लेखित दश वर्षभन्दा बढी कैद सजाय भएको व्यक्ति र (ग)मा उल्लिखित अनुसुचि १ वा अनुसुचि २ अन्तर्गतको कसुरमाा ‘कसुरदार ठहरी तीन वर्षभन्दा बढी कैद सजाय पाएको व्यक्ति’ भन्ने वर्गिकरणले कस्तो–कस्तो कसुर र व्यक्तिहरुलाई जनाउँछ? यी दुई प्रावधानभित्र दुविधाको अवस्था विद्यमान छ/छैन? त्यस्तो दुविधा विद्यमान भएमा प्रस्तुत कार्यविधिगत कानुनी व्यवस्थामा ‘प्रिन्सिपल अफ स्ट्रिक कन्सट्रक्सन’ वा ‘रुल अफ लिनिटी’ आर्कषित हुने अवस्था हुन्छ वा हुँदैन?

२. ऐनको दफा १३७ (१) (घ) मा भएको ‘पुर्पक्षको लागि थुनामा बसेकोमा कसुरदार ठहरी कैद सजाय पाएको व्यक्ति’ भन्नाले सुरु अदालतमा पुर्पक्षमा थुनामा बसी सो अदालतले कैद सजाय गरेको व्यक्ति हो वा सुरु अदालतबाट सफाइ पाई उच्च अदालतबाट कैद सजाय पाएको व्यक्ति हो?

nimb
nimb
Ncell 2
Ncell 2

३. दफा १३७ (१) (घ) मा भएको व्यवस्थालाई उपदफा उपदफा (२) ‘अदालतबाट पुर्पक्षको लागि थुनामा राख्न नपर्ने आदेश भई थुनामा नबसेको अवस्थामा दश वर्षसम्म कैद सजाय भएको कसुरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिको लागि कारण खुलाई निवेदन गरेमा र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले निजसँग धरौट वा जमानत लिई पुनरावेदन गर्ने अनुमति दिन सक्नेछ’ भन्ने कानुनी व्यवस्थासँगै पढ्दा उक्त प्रावधानहरुले दुविधाको अवस्था सिर्जना गरी फौजदारी न्यायको मान्यता, स्वतन्त्रता र समानताका विषयमा के कस्तो असर पर्न सक्दछ?

४. दफा १३७ भित्र अन्तरनिहित मान्यता थुनछेक, धरौट तथा जमानत सम्बन्धी व्यवस्था अर्थात बेल(धरौटी) सँग सम्बन्धित मान्यता र अभ्यास कैद लागेको व्यक्ति मा पनि आकर्षित हुने हो वा होइन?

यस्तो थियो विवाद 
पूर्ण बहादुर परियारको जाहेरीले नेपाल सरकारविरुद्ध मदन परियार भन्ने राजेन्द्र नेपालीको कर्तव्य ज्यान मुद्दामा विवाद देखिएको हो। उक्त मुद्दामा धादिङ जिल्ला अदालतले २०७६ साउन २७ गते मदन परियार भन्ने राजेन्द्र नेपालीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो।

सोही अदालतले २०७७ कात्तिक २५ गते कर्तव्य ज्यान मुद्दामा सफाइ दिने  फैसला सुनायो। सो फैसलाउपर नेपाल सरकारको उच्च अदालत पाटनमा पुनरावेदन पर्‍यो। उच्च अदालत पाटनबाट २०७८ माघ २ गते  प्रतिवादी नेपालीलाई १० वर्ष कैद र  १ हजार ८ सय रुपैयाँ जरिवाना ठहर हुने फैसला सुनायो। उनले उक्त सजायमा लागेको कैद बापत नगद र जेथा जमानत दिई तारेखमा बसी पुनरावेदन गर्न पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिए। 

त्यसमा उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को सुविधा पाउनुपर्ने माग गर्दै २०७९ भदौ  २३ गते सर्वोच्चमा उपस्थित भएर निवेदन दिएका थिए। उक्त निवेदनमा त्यस्तो सुविधा दिन नमिल्ने भनि थुनामा राख्न कारागार पठाइयो। सर्वोच्च अदालतको रजिष्ट्रारबाट आदेश भएपछि उनले त्यसविरुद्ध २०७९ असोज ३१ मा निवेदन दिएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्